A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkqds47ei3vdp2d8bjig319gi46o2ir76): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धुलोमै बसेर पढ्न बाध्य छन् जाजरकोटका विद्यार्थी

दुर्गादेवी आधारभूत विद्यालय कुशे गाउँपालिकाको सदरमुकाम भार्माको विद्यालय हो। कार्यालय भवन, मोटरबाटो, खानेपानी, विद्युत्, हवाइजहाज ग्राउन्ड (एरर्पोट) जस्ता पूर्वाधार विकासले गाउँपालिका सदरमुकाम भार्माको परिचयलाई बदल्न खोजिएको छ, तर परिचय बदलिएको सदरमुकाम भार्मामा रहेको दुर्गादेवी आधारभुत विद्यालयको अवस्था भने उस्तै छ। ०३२ सालमा स्थापना भएको दुर्गादेवी आधारभूत विद्यालयका कुनै पनि कक्षा कोठा नत टेबुल–बेन्च, नत ओछ्याउने कार्पेट, कक्षा–कोठा सफा केही पनि छैनन्। भैँसी गोठ हो किरु विद्यालयको कक्षा–कोठा होरु विद्यालय निरीक्षणका लागि बाहिरबाट जानेहरुलाई छुट्याउन गाह्रो पर्छ। गाउँपालिको कार्यालय  रहने  भएपछि पूर्वाधार विकासले भार्माको परिचय त बदलिने भएको छ। तर, बत्तीमुनिको अँध्यारो भएजस्तै दुर्गादेवी आधारभूत विद्यालयमा अध्यापन गराइरहेका शिक्षक–शिक्षिका र अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था उस्तै रहेको छ।

कक्षा–कोठाको धुलोमा बसिरहेका विद्यार्थीहरुलाई कहिलेसम्म पढाइरहनुपर्ने होरु धुलोमै बसेर कहिलेसम्म पढिरहनुपर्ने होरु यसको जवाफ त्यस विद्यालयका विद्यार्थी तथा शिक्षक दुवैसँग छैन। बाल विकास केन्द्रदेखि कक्षा १ हुँदै कक्षा ८ सम्मको पढाइ हुने उक्त विद्यालयको शैक्षिक विकास गर्न गाउँपालिकाले यस वर्ष शिक्षकहरुको लागि इलेक्ट्रोनिक हाजिरी, ३ सय वाट क्षमताको सोलार सेटका साथै कम्प्युरको व्यवस्था गरेको छ। इलेक्ट्रोनिक हाजिरीबाहेक कम्प्युटर उपयोगविहीन छ भने, सोलार सेटले विद्यालयका शिक्षक–शिक्षिका र स्थानीय नागरिकहरुका लागि मोबाइल चार्ज गर्ने काममा सीमित रहेको छ। फर्निचरका लागि गाउँपालिकाले दिएको १ लाख ५० हजारको काम हालसम्म हुन सकिरहेको छैन। बाल बिकास केन्द्रमा अध्ययन गर्ने बालबालिका २० जना र कक्षा १ देखि कक्षा ८ सम्म अध्ययन गर्ने बिद्यार्थीहरुको संख्या १ सय ६९ जना रहेको बिद्यालय प्रअ सुनरलाल चौधरीले जानकारी दिए।

२०७५ जेठ २६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: