समाचारमा बालबालिका

कुुपोषित बालबालिका लागि उपचार केन्द्र

कडा कुुपोषण भएका बालबालिकाका लागि पूर्वी र पश्चिम नवलपरासीमा उपचार केन्द्र सञ्चालन गरिएको छ । कुुपोषण मध्ये सबैभन्दा जोखिममा रहेका ख्याउटेपनका बालबालिकाका लागि केन्द्र सञ्चालन गरिएको हो । बालबालिकाहरुमा विशेष पुुड्कोपन, ख्याउटेपन र कम तौल हुुने प्रमुुख लक्षणका कुुपोषण देखिने गरेको चिकित्सकले बताएका छन् । कुुपोषण बालबालिको स्वास्थ्यमा सुुधार ल्याउन जिल्लामा ‘शीघ्र कुुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालन गरिएको छ । सरकारको यो कार्यक्रमलाई एक्सन अगेन्सट हंगर संंस्था (भोकविरुद्धको अभियान) ले सहयोग गरेको छ । सोही कार्यक्रम अन्तर २ जिल्लाका तत्कालीन २४ गाविसमा केन्द्र स्थापना गरेर उपचार सुुरु गरिएको हो । केन्द्रबाट बालबालिकालाई तयारी उपचरात्मक खाना वितरण गरिने गरिएको छ । यो खाना ४२ दिनदेखि तीन महिनासम्म लगातार खुुवाउनुु पर्नेछ । सोही खानाबाट उनीहरुको स्वास्थ्यमा सुुधार आउने स्वास्थ्यकर्मीले बताएका छन् । कुुपोषण भएका बालबालिकाको स्वास्थ्य सेवामा पहुच गराई समुुदाय स्तरमै कुुपोषण निवारण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शीघ्र कुुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत रञ्जन कपालीले जानकारी दिए ।

संस्थाले जिल्लामा रहेका कुुपोषित बालबालिकाको प्रारम्भिक तथ्यांक लिन सुुरु गरेको छ । दुुबै जिल्लामा ६ महिनादेखि ५ वर्षमुुनिका बालबालिकाको संख्या ६३ हजार ९ सय १४ छ । जसमध्ये २ हजार ६ सय ८५ बालबालिकामा कुुपोषण देखिएकोमा दुुबै जिल्लामा ४ सय २४ जना बालबालिका कडा शीघ्र कुुपोषण देखिएको कार्यक्रम अधिकृत कपालीले जानकारी दिए । ती मध्ये ८६ जना निको भएका छन् । १४ जनाले पूरा समय खाना नखाएर बीचमै छाडेका (डेफल्टर) छन् । अन्यको उपचार जारी रहेको कपालीले बताए । कुुपोषित बालबालिका पहाडमा भन्दा तराइ क्षेत्रमा बढी देखिएको जिल्लाको तथ्यांकमा उल्लेख छ । पूर्वी जिल्लामा दुुम्कौलीमा सबैभन्दा बढी शीघ्र कुुपोषणका बालबालिका छन् भने पश्चिम जिल्लामा पाल्हीनन्दन गाउँपालिकामा बढी छन् । कार्यक्रम अन्तर्गत कुुपोषित बालबालिकाहरुको अवस्था पहिचान र जनचेतनाका लागि जिल्लामा ६ सय १ जना स्वास्थ्यकर्मी र ७ सय १५ स्वास्थ्य स्वयंसेविका परिचालन रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कुुपोषित बालबालिकाको तथ्यांक संकलन गरी शीघ्र कुुपोषण (ख्याउटेपन) देखिएका बालबालिकालाई केन्द्रमा पठाउने गरिएको छ । अपर्याप्त खाना र आहार, घरायसी खाद्य असुुरक्षा, सेवाको पहुुँच अपर्याप्त र अपर्याप्त आर्थिक स्रोतका कारण कुुपोषण हुुने गरेको चिकित्सकहरुले जनाएका छन् । कडा शीघ्र कुुपोषण भएका बालबालिकमा उमेर अनुुसार शरीरको वृद्धि नहुुने, उचाइ नबढ्ने, तीव्र रुपमा तौल घटनेसँगै विभिन्न रोग लाग्ने र निको नहुुने जस्ता समस्या देखिन्छ । यस्ता बालबालिकाको समयमै उपचार नगराए मृत्युुसमेत हुुने भएकाले समयमै सजग हुुन चिकित्सकले सुुझाव दिएका छन् ।

 २०७५ असार १ गते ७:५६ मा प्रकाशित