A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session90atl00hjf15tj06bfo1s2osdicpk17b): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पाँच वर्ष नपुग्दै बिहे, थाहा हुँदैन कस्ता छन् श्रीमान् श्रीमती

चन्द्रपुर नगरपालिका–८ का ६ वर्षीय अनिल मलिकको विवाह भइसकेको छ तर उनको श्रीमती कस्ती छिन भन्ने उनलाइ याद नै छैन। ‘मेरो बिहे भइसकेको छ तर श्रीमती माइतमा छिन्। म आफ्नै घरमा छु’, उनले भने। अलिनले आफनो श्रीमतीको नाम किरण देवी भएको बताए। उनका बाबु बुधन मालिकले उनी तीन वर्ष पुग्दा गौर नगरपालिका पथरा टोलकी एक केटीसँग विवाह गराइदिएका थिए। गरुडा नगरपालिका ५ महमदपुरका १० वर्षीय सञ्जु देवीले पनि दुई वर्षअघि नै विवाह भएको बताइन्। बाराको रुपौलिया गाउँमा विजय मलिकसँग विवाह भएको बताउने उनले श्रीमानलाई विवाहपछि देखेकी छैनन्। ‘मेरो विवाह भयो तर केटो कस्तो छ ,के गर्छ केही थाहा छैन’, सञ्जुले भनिन्। यी दुई प्रतिनिधिमूलक घटना भए। रौतहटको डोम जातिमा पाँच वर्ष बित्न नपाउँदै विवाह हुन्छ। छ वर्ष कटेका अधिकांश बालबालिकाहरुको विवाह भइसकेको हुन्छ तर ती बालबालिकाको श्रीमान् श्रीमती को हुन्, कहाँ छन् भन्ने थाहा हुँदैन। रौतहटमा दुई हजारको संख्यामा करिब ६ सय घरपरिवार डोमको बसोबास छ। प्रायस् सबैले ३ वर्षदेखि १० बर्षको उमेर भित्र विवाह गरिसकेका हुन्छन्। उनीहरू विद्यालय पनि जाँदैनन्। पिछडिएको, अति विपन्न र समाजमा अछूत मानिएको डोम समुदायलाई शिक्षा र अधिकारबारे थाहा छैन। बिहान कमाउने बेलुकाको छाक टार्ने र बेलुका कमाउने भोलि बिहानको छाक टार्ने विषयमा मात्र चिन्तित हुने उनीहरूमा बालविवाह गर्न हुँदैन भन्ने चेतना नै छैन।

बालविवाह रोक्न दवाब समूह

केही समयअघि गरुडा नगरपालिका–५ महमदपुरमा ८ वर्षीय अर्जुन मलिकको विवाह गर्दागर्दै रोकिएको थियो। अर्जुनका बुबा अच्छेलाललाई छोराको विवाह नगर्न स्थानीयले दबाब दिएपछि विवाह रोकिएको हो। डोम समुदायलाई बाल विवाहमुक्त बनाउन स्थानीय उपेन्द्र मलिकको संयोजकत्वमा समूह गठन गरिएको छ। समूहले बालविवाह रोक्ने, बालबालिकालाई विद्यालय पठाउने, सरसफाइमा सक्रिय बनाउने र डोम समुदायका मानिसलाई आयआर्जन उपाय सिकाउने बाल अधिकारकर्मी भाग्यनारायण महतो जानकारी दिए। बाल विवाह न्युनीकरण मधेशमा चुनौतीपूर्ण काम भएको महतोको भनाइ छ ।

चन्द्रपुर—८ बालविवाह मुक्त वडा घोषणा

रौतहटको चन्द्रपुर नगरपालिका–८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। केही दिनअघि कार्यक्रम गरी बालविवाहमुक्त वडा घोषणा गरिएको अध्यक्ष पासपत चौधरीले बताए।

२०७५ जेठ २८ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: