A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionscdbiaa2qgoh2vl16jp3aakp2cmgqv6p): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बाबुको सिको गर्दै तीन वर्षीया बालिकाले रक्सी पिएपछि

हामीले खाने खराब चीज छोराछोरीकै अगाडि त प्रयोग गरिरहनुभएको छैन रु यदि त्यसो हो भने ख्याल गर्नुस् तपाईंको खराब बानीको साना अबोध बालबालिकाले नक्कल गर्न सक्छन् । यस्तै नक्कलका कारण तनहुँमा एक बालिका जीवनमरणको दोषँधमा छिन् । अभिभावक भने खराब कामका कारण पछुतो मानिरहेका छन् । आफ्ना बाबु आमाले पिउने रक्सी पिउँदा शुक्रबारबाट अचेत बनेकी म्याग्दे–७ की तीन वर्षीया बालिकाको अझै होस खुल्न सकेको छैन । शुक्रबार विहान घरमा कोही नभएका बेला उनले रक्सी पिएकी थिइन् । रक्सी पिएर अचेत अवस्थामा निदाएकी बालिका बोलाउँदा नबोलेपछि अभिभावकले शुरुमा झारफुक गरेका थिए । झारफुकबाट निको नभएपछि बालिकालाई स्थानीय एम्बुलेन्सको सहायतामा दमौली अस्पताल ल्याइएको थियो । तर अस्पतालमा आउँदा अक्सिजन निकै कम भएपछि चिकित्सकले अक्सिजन दिएर बालिकालाई पोखरा रिफर गरेका थिए । उनको उपचारमा संलग्न डा। ऋषभ शर्माले अत्यधिक मदिरा सेवनका कारण बालिकाको दुवै फोक्सो खराब भएको र अक्सिजनसमेत कम भएपछि पोखरा रिफर गरेको बताए । उनले दमौलीमै सुधारको सम्भावना कम देखिएकाले पोखरा रिफर गरेको जानकारी दिए । उनले दुवै फोक्सोमा रक्सी सड्किएको हुनसक्ने अनुमान गरे । ‘अवस्था गम्भीर भएकाले ज्यान जोगाउन पोखरा रिफर गरेका हौं,’ उनले भने । दमौलीबाट पोखरा रिफर भएकी ती बालिकालाई अक्सिजन दिएर पठाइएको थियो । उनको अहिले पनि चिन्ताजनक अवस्थामा मणिपालको बालबालिका अति सघन कक्षमा उपचार भैरहेको अस्पतालले जानकारी दिएको छ । 

बाबुले पिलाउँथे रक्सी

दमौली अस्पतालमा बिरामी लिएर आएका एलिसाका बाबु यमबहादुरले कहिलेकाहीं आफूले खाँदा छोरीलाई पनि रक्सी दिने गरेको खुलाए । तर आफूहरुले नदेखेका बेला छोरीले अधिक रक्सी खाएको कुरा झारफुकका क्रममा मात्र थाहा पाएको उनले बताए । अति चिन्ताजनक अवस्थामा छोरीको उपचार भैरहेका बेला बाबु यमबहादुरले गल्तीप्रति पछुतो मानिरहेका छन् ।  

 २०७५ जेठ २६ गते १०:०८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: