A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जन्मिए लगत्तै छोरीको नाममा बैंक खाता, नगरपालिकाको अभियानले अभिभावक मख्ख

वीरेन्द्रनगर १० खजुराकी खेमा गौतमले छोरी जन्मने बित्तिकै बैंकमा गएर खाता खोलिदिनुभयो ।  छोरीमाथि हुने विभेदलाई अन्त्य गर्न र छोरीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउन वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नगर बनाउने भनेर बैंक खाता खोल्ने निर्णय गरेको छ । नगरपालिकाको निर्णयसँगै छोरीको नाममा खाता खोल्नेहरुको संख्या बढ्न थालेको हो । सदिऔँदेखि विभेदका कारण पिल्सिनुपरेका छोरीहरुको भविष्य सुरक्षित गराउन नगरकार्यपालिकाले यो निर्णय पहिलो बैठकबाटै गरेको थियो । नगरपालिकाले छोरी जन्मिएको ३५ दिनभित्र बैँकमा एकहजार रुपैयाँ दिएर खाता खोलिदिने गरेको छ । नगरपालिकाले एकहजार रुपैँया बैंकमा जम्मा गरेपछि खेमाले छोरीको नाममा बचत गरेर पैसा जम्मा गरिरहनुभएको छ । यसले भविष्यमा छोरीको उच्च शिक्षामा सहयोग पुग्ने उहाँको विश्वास छ । छोरीलाई आर्थिक रुपमा सक्षम बनाउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो । चाडपर्वमा छोरीलाई टिका लगाएर दिएको दक्षिणा, आफन्तहरु मुख हेर्न आउँदा दिएको पैसा सबै उहाँले बैँकमा जम्मा गरिदिनुभएको छ ।  ‘नगरपालिकाले खाता खोलिदिने भनेपछि बैंक गएर हामीले छोरीको नाममा खाता खोल्यौँ’ उहाँले भन्नभयो, ‘अहिले छोरीको नाममा अरु पैसा पनि जम्मा गरिरहेका छौँ । यसले छोरीको भविष्य बनाउन सहयोग पुग्ने आशा गरेको छु ।’खेमाले मात्र होइन वीरेन्द्रनगरकी निशा रेग्मीले पनि दुई छोरीको नाममा खाता खोल्नुभएको छ । रेग्मीले महिनाको पाँच/पाँच हजार रुपैयाँ छोरीको नाममा जम्मा गर्दै आउनुभएको छ । छोरीको नाममा रहेको पैसा १७ वर्षसम्म बैंकबाट निकाल्न मिल्दैन । छोरीहरु उच्च शिक्षा पढ्ने बेलामा बैंकमा जम्मा गरेको पैसाले सहयोेग गर्ने उहाँको भनाई छ । ‘हामीले प्रायः छोराको लागि मात्र भनेर सम्पत्ति साँचेका हुन्छौँ उहाँले भन्नुभयो, छोरीका लागि पनि केही गर्नुपर्छ भनेर नगरपालिकाले छोरी जन्मिने वित्तिकै बैंक खाता खोलिदिने गरेको निर्णयले हामी अभिभावकहरुलाई पनि सचेत बनाएको छ ।छोरीमैत्री नगरपालिका बनाउने योजनाका साथ अघि बढेको नगरपालिकाले छोरीमाथि हुने विभेदलाई अन्त्य गरी उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउने जनाएको छ  । छोरीहरुको सम्मान, संरक्षण, सम्पत्तिमाथिको अधिकारका लागि छोरी जन्मने वित्तिकै खाता खोलिदिने गरेको बताउनुहुन्छ, नगर प्रमुख देवकुमार सुवेदी ।

नगरपालिकाले छोरीहरुको नाममा आफैं खाता खोलिदिन्छ र एक हजार रुपैँया जम्मा गरिदिन्छ । जन्मदर्ताको प्रमाण पत्र  र बुबाआमाको नागरिकताको प्रमाण पत्र लिएपछि नगरपालिकाले बैंकमा खाता खोलिदिने गरेको छ । हालसम्म नगरपालिकामा ५७ जनाले छोरीको नाममा खाता खोलेका छन् ।  ‘हामीले छोरीमाथि हुने विभेदलाई अन्त्य गर्नका लागि यस्तो योजना अघि सारेका हौं । यसले छोरीहरुको आर्थिक रुपमा सक्षम र स्वच्छ रुपमाले बाँच पाउने अधिकारको सुनिश्चित हुन्छ’ नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘हामीले यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेका छौँ । उपप्रमुख मोहनमाया ढकालले छोरीलाई गर्भदेखि नै विभेद गरिने भएकाले नै  यो विभेद तोड्नका लागि बैंक खाता खोल्ने काम गरिएको बताउनुहुन्छ । ‘छोरा र छोरी बराबरी हुन भन्ने यथार्थ व्यवहारिक हुन जरुरी छ’ उहााले भन्नुभयो, ‘सबै अभिभावकलाई छोरी जन्मिएपछि गर्वको महसुस होस् र एउटी छोरीलाई मेरो स्थानीय सरकारले मेरो लागि यति सम्मान गरेको रहेछ भनेर उसलाई पनि समाज र राष्ट्रप्रति दायित्व छ भनेर आत्मविश्वास होस् । उहाँले जन्मदर्ता नगर्ने प्रवृत्तिलाई पनि यसले रोक्न सहयोग पुग्ने बताउनुभयो । वडाहरुमा नै जन्मदर्ता गर्न आउँदा बैंक खाता खोलिदिने प्रक्रिया अघि बढाइउने उहाँले बताउनुभयो । छोरीहरुका नाममा खोलिएको बैंक खाताबाट भविष्यमा उनीहरुमाथि आईपर्ने आर्थिक समस्या समाधान गर्न सहयोग पुग्ने उहाँको विश्वास छ । यस कार्यक्रमले भोलिका दिनमा अभिभावहरुले छोरीको नाममा बैंक खाता खोलिदिंदा थोरैथोरै पैसा जम्मा गरिदियो भने पढाई लेखाईमा सहयोग गर्ने विश्वास छ’ उहाँले भन्नुभयो, यो कार्यक्रमलाई यस आर्थिक वर्ष २०७५/७६ मा पनि निरन्तरता दिएका छौं।

२०७५ साउन १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: