समाचारमा बालबालिका

चाउचाउ पकाउँदा जलेका बालकको मृत्यु

चाउचाउ पकाउने क्रममा आगलागी हुँदा जलेका पर्वतको एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको मोदी गाउँपालिका ६, तिलाहार स्थित डिमुवा घर भएका स्थानीय लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिवार साँझ उपचारका क्रममा मृत्यु भएको हो। खाजाको लागि चाउचाउ पकाउँदा एक्कासी सल्किएको आगोले पोलिएर घाइते भएका उनको शनिबार साँझ मृत्य भएको हो। उनको उपचार काठमाडौंको शिक्षण अस्पतालमा उपचार भैरहेको थियो। एन्जल स्थानीय नवजागृत मा।वि तिलाहारमा कक्षा पाँचमा अध्ययनरत थिए।

२०७५ साउन १३ गते प्रकाशित