A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

भरतपुर महानगरपालिका–६ चोकबजारमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। भरतपुरबाट गीतानगरतर्फ जाँदै गरेको ना २३ प ६३७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेकी ३ वर्षीय सोमिका कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मंगलबार साँझ साढे ६ बजे भएको दुर्घटनापछि गम्भीर घाइते भएकी कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुर लगिएको थियो। उक्त अस्पतालको सघन उपचार कक्ष खाली नभएपछि परिवारले राति नै उपचारका लागि काठमाडौंतर्फ लगेका थिए। तर चितवनको रामनगरमा पुगेपछि मुत्यु भएको आशंका गरी परिवारले पुनः कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा लगी ईसिजी गर्दा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय गीतानरगमा राखिएको छ भने चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको प्रहरीले जनाकारी दिएको छ।

२०७५ साउन १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: