A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondc8njdt027oleompi5ac8c0dngccq64t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

होटेलमा बन्धक बनाएर दुई बालिकामाथि बलात्कार

एक १३ वर्षीया बालिकालाई जाजरकोट सदरमुकामको एक होटलमा दुई दिनसम्म बन्धक बनाएर बलत्कार गरेको खुलेको छ । बालिकामाथि बलात्कारको अभियोगमा एकजना युवक पक्राउ परेका छन् । बालिकालाई  जबरजस्ती  करणी गरेको आरोपमा भेरी नगरपालिका–४ बोहराका ३३ वर्षीय सविन चन्दलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न सोही ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोबाइल, पैसा  र घडी दिन्छु भन्दै उनले बालिकालाई सुरुमा फकाएका थिए । बालिकाले नमानेपछि मारिदिने धम्की दिएर होटेलमा बन्धक बनाएर दुई दिनसम्म जबरजस्ती करणी गरेको भन्दै पीडित बालिकाका अभिभावकले  दिएको जाहेरीका आधारमा  चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । उनले आरोपी चन्दलाई जबरजस्ती करणी महलमा मुद्दा चलाउने प्रक्रिया सुरु गरिसकिएको बताए । ती बालिकासँगै उनकी सानीआमा नाता पर्ने १५ वर्षीया अर्की बालिकालाई करणी गरेको आरोप लागेका  त्यही ठाउँका रुपक चन्दको खोजी भइरहेको प्रहरी निरीक्षक  सुनारले बताए । होटेलको कोठामा बलात्कार गरिएकी १३ वर्षीया बालिकाको अभिभावकले दिएको जाहेरीका आधारमा  एकजना पक्राउ परिसकेको र अर्का एकको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए । घटना तीन दिनअघि भएको थियो । यता पीडित बालिकाका अभिभावकले भने अभियुक्तविरुद्ध मुद्दा नचलाउन  स्थानीय नेता,  केही जनप्रतिनिधि र पहुँचवालाले दबाब दिइरहेको बताएका छन्  । आन्टीको पढाइका लागि बस्ने कोठा खोज्न खलंगा आएका बेला साउन ७ गते राति  खलंगा बजारको शान्ति चौतारास्थित एक होटेलमा कोठा खोजिदिने भन्दै दुइ दिनसम्म करणी गरेको पीडित बालिकाले वताइन् । पीडित बालिकाका अभिभावकहरुले आफुलाई मुद्दा नदिन र  मिलापत्र गर्न  दबाब आइरहेको बताउँदै छोरीहरुको न्यायका लागि कसैले साथ नदिएको गुनासो गरेका छन् । घरबाट निस्किएका छोरी दुई दिनसम्म नआएपछि प्रहरीलाई खबर गरेर खोज्दै जाने क्रममा होटेलको कोठामा छोरीहरु बलात्कृत अवस्थामा  भेटिएको  पीडित बालिकाका बुवाको भनाइ छ । 

२०७५ साउन १६ गते ४:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: