A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रेमपछि कलिलैमा विवाह

नेपालगन्ज उपमहानगर २० मनिकापुरका १८ वर्षीय किशोर र १६ वर्षीया किशोरीबीच दुई वर्षअघि प्रेम बस्यो । विद्यालय पढदै गरेका उनीहरूले कानुनलाई चुनौती दिँदै विवाह गरे । स्थानीय बालक्लबमा आबद्ध किशोर–किशोरीले बालविवाहबारे प्रहरीलाई खबर गरे । उमेर नपुगेको भन्दै छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइयो । अन्ततस् उमेर पुगेपछि मात्रै विवाह गर्ने सर्तको कागज गराएर दुवैलाई अभिभावकको जिम्मा लगाइएको थियो । डेढ महिनायता यस्ता बालविवाहका चार घटना सार्वजनिक भएका छन् । कतिपय घटना गुपचुप हुने गरेका छन् । कतिपयले कारबाहीबाट जोगिन सीमावर्ती भारतीय गाउँ पुगेर बालविवाह गर्छन् । ‘उमेर नपुगेर बिहे गर्नु हुँदैन भन्ने कुरा सबैलाई थाहा छ । तर, पढदै गरेका किशोर–किशोरीले जानाजान बालविवाह गर्न थालेको पाइएको छ,’ बालविवाहविरुद्ध अभियानमा लागेका नगरस्तरीय बालक्लब सञ्जालका निवर्तमान अध्यक्ष साहिल अन्सारी भन्छन्, ‘कानुनलाई चुनौती दिँदै बालविवाह गर्नेको संख्या बढेपछि अरू चुनौती थपिएको छ ।

नेपालगन्ज १८ कारकाँदोमा पनि त्यस्तै घटना दोहोरियो । उमेर नपुगेका किशोरकि–शोरीबीचको विवाह रोक्न सहयोग बालक्लब सफल भयो तर कानुनी प्रक्रियामा जान सकेन । अभिभावकलाई जानकारी नै नदिई किशोर–किशोरीले आफैं भागेर विवाह गरेका कारण कानुनी प्रक्रियामा जान समस्या भएको हो । बालविवाह गरेका किशोर–किशोरीलाई सम्झाइबुझाई कागज गराएर अभिभावकको जिम्मा लगाउने गरिएको छ । बालबालिकालाई कारबाही गर्न नमिल्ने भएका कारण सम्झाइबुझाइको भर पर्नु परेको हो । ‘सात कक्षामा पढ्दै गरेका कतिपय किशोर–किशोरीबीच मायाप्रेम बसिसकेको हुन्छ । त्यस्ताले कक्षा नौ र दसमा पढ्दै गर्दा भागेर विवाह गरेको पाइएको छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेको बालबालिका तथा महिला सेलकी असई श्यामकुमारी पाइजामगरले भनिन्, ‘सानै उमेरमा प्रेम बस्ने भएकाले छिट्टै विवाह गर्ने प्रचलन बढेर गएको छ ।’ उनका अनुसार एक वर्षमा ५० भन्दा बढी बालविवाहका घटनामा छलफल गराएर अभिभावकको जिम्मा लगाइएको छ । सरकारले २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने कानुन ल्याएको छ । बालविवाह गर्न लगाउने अभिभावकलाई पनि कारबाही हुने व्यवस्था छ । तर, किशोर–किशोरी आफैंले बालविवाह गर्न थालेपछि समस्या भएको हो । कतिपयले कानुनी कारबाहीबाट जोगिन जन्मदर्ता मिति बढाउने गरेका छन् । बालविवाह नियन्त्रणका लागि नेपालमा साढे पाँच दशकअघि कानुन आएको हो । नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले बालविवाहको अवस्था भयावह देखाएको छ । सार्वजनिक गरिएको प्रतिवेदनअनुसार बालविवाह गर्नेमध्ये १० प्रतिशतको हाराहारीमा १५ वर्ष नपुग्दै विवाह हुने गरेको छ । प्रतिवेदनअनुसार बालविवाहका लागि नेपाल एसियाली मुलुकमा तेस्रोमा पर्छ । बालविवाह, बालश्रम, कमजोर स्वास्थ्य अवस्था, शिक्षाको पहुँचमा पाकिस्तान र आफगानिस्तानभन्दा नेपाल सुधारमा छ । बालविवाह गराउनेलाई १० हजार जरिवानादेखि तीन वर्षसम्म कैद हुने कानुनी व्यवस्था हुँदा पनि नियन्त्रणमा समस्या देखिएको छ । धार्मिक संस्कार र परम्परागत कारणले बालविवाह नियन्त्रणमा आउन नसकेको सम्बद्धहरू बताउँछन् । सानै उमेरमा विवाह गरेका किशोरीहरू गर्भवती हुँदा शरीरका अंगको विकास नभएकाले ज्यान नै जोखिममा पर्ने सम्भावना बढी रहन्छ । त्यस्तै, पोषक तत्त्व भएको खानेकुराको कमी, आराम र परिवारबाट पाउनुपर्ने माया नपाएका कारण आमा र कम तौल भएका शिशुको मृत्यु हुने गरेको छ । बालविवाहका कारण मातृ र नवजात शिशु मृत्यु दर घट्न सकेको छैन । जसका कारण कम उमेरमा गर्भवती हुने किशोरी, शिशु र मातृ मृत्युदर घटाउन समस्या भएको छ । कम उमेरका आमाहरूमा बढीजसो हेमोग्लोबिनको समस्या देखिने गरेको छ ।

२०७५ साउन १६ गते १०:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: