A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongr49oq04djsnlcs11cp9mtvtn6fpans4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पेट भरिँदैन खाजाले

सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा बालबालिको पेट भरिन छाडेको छ । जनज्योति मावि नार्थपुका प्रधानाध्यापक अंगबहादुर शाहीले सरकारले दिने रकमले खाजा खर्च पुर्‍याउन निकै मुस्किल हुने गरेको बताए । ‘महँगी बढेर छोइनसक्नु भएको छ, खाजा खर्च भने जत्तिको त्यत्ति छ,’ उनले भने, ‘यसले त विद्यार्थीलाई आस देखाउने मात्र काम भयो, भोको पेटभर्नै मुस्किल हुन्छ ।’सरकारले विद्यार्थीका टाउको गनेर दिने रकमबाट स्थानीय उत्पादन खरिद गरी खाजा खुवाउने गरिएको उनले बताए। विगतमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत आउने रकम अहिले स्थानीय तहमार्फत विद्यालयमा पुग्ने गरेको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहनस्वरूप खाजा खर्च दिने गरिएको छ । गत आर्थिक वर्षमा जिल्लाभरका करिब १० हजार ६ सय बालबालिकालाई दिवाखाजा खुवाउनको लागि पाँच करोड १३ लाख रुपैयाँ आएको थियो । तर, विद्यार्थीले २० रुपैयाँको दरले खाजा खाए । जिल्ला शिक्षा तथा समन्वय अधिकारी सूर्यबहादुर खत्री निर्धारित मापदण्डभन्दा बढी रकम दिन नमिल्ने भएको कारण खाजा खर्च अपुग हुने गरेको बताउँछन् । दिवाखाजासम्बन्धी निर्देशिकामा विद्यालयले स्थानीय उत्पादन खरिद गरी खाजा खुवाउनुपर्छ । ९० ग्राम सुजी, १० ग्राम चिनी र १० ग्राम घिउ मिसाएर पोषिलो खाजा खुवाउनुपर्छ । तर, बजेट कम भएको भन्दै कतिपय विद्यालयले चाउचाउ, चिउरा र बिस्कुट खुवाउने गरेका छन् । कतिपय विद्यालयमा सिमी, केरा किनेर खुवाउने गरिएको छ । अर्कोतिर खाजाको लागि आएको रकम अन्यत्र खर्च भएको छ । नेपाल राष्ट्रिय निमावि मुर्माका शिक्षक नन्दसिंह रोकाया खाजा खर्च दिने नै हो भने प्रतिविद्यार्थी कम्तीमा ३० रुपैयाँ पुर्‍याइनुपर्ने बताउँछन् ।

 २०७५ साउन १५ गते ९:४६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: