A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका जोगाउनै मुस्किल

पटेर्वासुगौली गाउँपालिका–२ स्थित मकैबारीमा गत शुक्रबार सुस्तमनस्थितिकी १५ वर्षीया बालिकालाई ४५ वर्षीय केदारबहादुर कार्कीले चकलेट किन्न दिन्छु भनी जबरजस्ती करणी गरे । २ महिना अघिदेखि कार्कीले पटकपटक जबरजस्ती गर्ने प्रयास गर्दै आएका थिए । उनलाई प्रहरीले पक्राउ गरी जबरजस्ती करणी मुद्दामा कारबाही अघि बढाएको छ । सखुवाप्रसौनी गाउँपालिका–१ मधुवनमथवलस्थित सार्वजनिक धारामा बिहान ४ बजे पानी लिन गएकी १४ वर्षीया बालिकालाई स्थानीय ३२ वर्षीय अमरुद गुरोले जबरजस्ती करणीको प्रयास गरे । पर्सागढी नगरपालिका–८ हरपुरकी १४ वर्षीया बालिकालाई उनको घरमा कोही नभएको मौकामा बिहान ८ बजे छिमेकी ४५ वर्षीय टैट महराले जबरजस्ती करणी गरे । टैटलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही थालेको छ । एकैदिन पर्सामा भएका जबरजस्ती करणी र त्यसको असफल प्रयासका यी तीनवटा घटना हुन् । बालिकालाई लक्षित गरी छिमेकीबाटै भएका यी कुकृत्यले बालिकाको सुरक्षाको चुनौती थपेको अनुभूति हुन्छ । पीडित बालिकालाई माइती नेपाल वीरगन्ज आवधिक गृहमा संरक्षण दिई आवश्यक परामर्शका साथ अभिभावकको जिम्मा लगाइएको छ । गृहकी कार्यालय सहायक एलिशा श्रेष्ठले पीडित बालिका घटनापछि भयभित भएको र उनीहरूलाई भविष्यको चिन्ता रहेको बताइन् । ‘पीडित बालिका शरीरिक मात्र नभई मानसिक पीडामा पनि थिए,उनले भनिन्, उनीहरूलाई समाजमा पुनस्स्थापना हुने र आफ्नो अध्ययनलाई निरन्तरता दिने विषयमा चिन्ता थियो । एकै दिन सार्वजनिक भएका यी घटनाले अभिभावकहरू चिन्तित र भयभित छन् । सामाजिक अभियन्ता प्रकाश थारू यसरी छरछिमेककै पुरुषहरूबाट बालिका बलात्कारका घटना बढदै जानु गम्भीर चिन्ताको विषय भएको बताउँछन् । ‘जिल्लामा थुप्रै गैरसरकारी संस्थाहरू बालिकाको शिक्षा, स्वास्थ्य जस्ता विषयलाई लक्षित गरी कार्यरत छन् तर गैससको नजर बालिकाको शारीरिक सुरक्षा जस्तो गम्भीर मुद्दामा कहिल्यै जाँदैन, यसले हाम्रो समाज कता जाँदै छ भन्ने प्रश्न चिह्न खडा गरेको छ,’थरू भन्छन्, एकै दिन भएका यी घटनाले अभिभावकलाई बालिका जोगाउने चिन्ता बढेको छ, तर यो समाजका सबै वर्गको साझा समस्या भएकाले बालिका बलात्कारका घटनालाई न्यूनीकरण गर्न साझा प्रयास आवश्यक छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सत्यनारायण थापा एकै दिन बालिका बलात्कार तथा बलात्कार प्रयासका ३ घटना भएको विषयलाई प्रहरीले पनि गम्भीरताका साथ लिएको बताउँछन् ।

२०७५ साउन ११ गते ८:४० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: