A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmqk3g36bcir2bvenhffmcvg1qh7h7qkc): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

निर्दयी बाबु जसले गरे १७ वर्षीय छोराको हत्या

बाबु–आमाका लागि आफ्ना सन्तान निकै नै प्रिय हुन्छन् । छोरा–छोरीका खुसीका लागि बाबु–आमा जस्तो सुकै दुःख–कष्ट झेल्न पनि तयार हुन्छन् । तर सबै बाबु–आमाको हकमा यो लागू नहुँदो रहेछ । कतिपय बाबुआमा आफैंले संसार देखाएको सन्तानको ज्यान लिनसमेत पछि नपर्ने रहेछन् । भक्तपुरमा एक यस्तै निर्दयी बाबु भेटिएका छन् जसले घरायसी विवादमा आफूसँगै सुतेका १७ वर्षीय छोराको क्रूर हत्या गरेका छन् । मोरङ सुनवर्षा नगरपालिका स्थायी घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले आफूसँगै सुतेका १७ वर्षीय छोरा सागरको हत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर, भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले दाउले घाँटीमा प्रहार गरेर डिल्लीरामले आफूसँगै सुतेका छोराको हत्या गरेको जानकारी दिए । छोराको हत्या गरी भाग्दै गरेका चापागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डिल्लीरामले घरायसी विवादका कारण आफूले छोराको हत्या गरेको स्वीकारेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

२०७५ साउन १६ गते ८:०९ मा प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: