A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

केश मुन्डन गरी बालिकालाई यातना

बुधवार दिउँसो मोरङ केराबारी वडा नं. ८ की १६ वर्षीया बालिका इटहरी वडा नं. ४ मा बस्ने साथी भेट्न आइन्। धरान घर भएकी उनकी साथी अनिता राई इटहरीमा दिदीको कस्मेटिक पसलमा सहयोग गर्न बस्छिन्। साथी भेट्न आएकी बालिका र अनिता दिउँसोतिर बजारमा किनमेल गर्न गए । बजार गइरहेका बेला एक महिलाले ओइ बहिनी भनेर बोलाइन्। ती महिलालाई अनिताले कसलाई बोलाएको भनेर सोधेपछि ती महिलाले होइन अर्की बहिनीलाई बोलाएको भनिन्। ‘त्यसपछि ती बालिका महिलासँग गइन्,’ अनिता सुनाउँछिन्, ‘म बाटैमा कुरेर केहीबेर बसें। निकै बेरसम्म नआएपछि चिनेकै होला भनी ठानेर म आफ्नो कोठातिर गएँ।’ अनिताले कोठामा पुगेर केहीबेरपछि फोन सम्पर्क गरिन्, तर स्वीच अफ भन्यो । मोबाइल नै स्वीच अफ भएपछि अरू कुनै उपाय भएन।
तर ती बालिकालाई ती महिलाले इटहरी वडा नं. १६ पु(याएपछि केश मुन्डन गरी रातभरि ट्वाइलेटमा राखेर भोलिपल्ट सडकमा ल्याएर छाडेको खुलेको छ। इटहरीबाट वडा नं. १६ मा पु¥याउँदा र भोलिपल्ट सडकमा छोड्दा ट्याक्सी नै प्रयोग गरिएको थियो। ‘मलाई इटहरीबाट लबिपुर लगियो । त्यहाँ एउटा घरमा पु¥याएर केश काटेर रातभरी ट्वाइलेमा थुनेर राखियो,’ पीडित बालिकाले भनिन, ‘ट्वाइलेटमा राख्दा बोतलमा खाने पानी र हाते पंखा दिए।’ उनका अनुसार भोलिपल्ट सडकमा पु(याएर छाडियो। ‘मलाई केश मुन्डन र ट्वाइलेटमा थुनेर राख्दा मोबाइल पनि खोसेर राखियो,’ उनले सुनाइन्, ‘जब मलाई सडकमा छाडियो तब घर केराबारी पुगेर फेरि इटहरी साथीको सम्पर्कमा आएँ।’बालिकाका अनुसार आफूलाई लगेकै महिलाका श्रीमान्ले केश मुन्डन र ट्वाइलेटमा थुनेर यातना दिएका हुन्। साथै उनले आफ्नो शरीरको कपडासमेत काटिदिएको पीडित बालिकाले बताएकी छन्। बालिका र उनलाई यातना दिने पुरुषबीच भने डेढ वर्षदेखि बेला–बेला भेटघाट हुने गरेको थियो। तर, ती बालिकाले पुरुषको परिचय खुलाउन चाहिनन्। पटकपटक सोध्दा पनि मान्छे देख्दा चिन्छु तर नाम याद नभएको बताउँछिन्। उनकै भनाइअनुसार अरू बेला थुप्रैपटक ट्याक्सीमा चढेर उनीहरू सँगै घुमफिर गर्न जान्थे। यातना दिएर बालिकालाई छाडेपछि इटहरीकी साथी अनिताको पुगेर घटनाको सम्पूर्ण फेहरिस्त सुनाएपछि घटना सार्वजनिक भएको हो। अहिले स्थानीय महिला सञ्जालका प्रतिनिधी र महिला अधिकारकर्मीहरूले दोषीलाई कारबाहीको माग राखेर प्रहरीको ध्यानाकर्षण गराएका छन्। महिला अधिकारको क्षेत्रका काम गर्ने विमला ठकुरीसँग पीडित बालिकाले यातना दिने पुरुषले डेढ वर्षदेखि आफूलाई यौनधन्दामा प्रयोग गर्ने गरेको र भनेअनुसार नमान्दा त्यस्तो भएको बताएकी छन्। इलाका प्रहरी कार्यालय पकलीमा महिला समूह पुगेर घटनाबारे जानकारी गराएपछि इटहरी वडा नं. १६ कै पूजा श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनका श्रीमान्लाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। प्रहरी नियन्त्रणमा रहेकी श्रेष्ठले बालिकालाई सुधार्न केश मुण्डन गरी यातना दिएको बयान दिएकी छन्। प्रहरीले भने घटनाबारे प्रारम्भिक सोधपुछ मात्र भएको र घटनामा संलग्न सबै व्यक्ति पक्राउ परेपछि विस्तृत खुल्ने जनायो। अहिलेसम्म घटनामा संलग्नलाई ल्याएर सोधीखोजी गर्न थालेका छौं,’ पकलीका सई शिव खत्रीले भने।

 २०७५ साउन १३ गते ९:३७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: