A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

जिल्लाको परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका खुल्न आएको छ । अनन्ते मेला हेरर घर आउने क्रममा असोज ९ गते राति युवती बलात्कृत भएकी हुन् । परशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ । पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ । फरार जोशीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।

२०७५ असोज १३ गते २:४१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: