A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यार्थीमाथि दुराचार अभियोगमा शिक्षक पक्राउ

बेनी नगरपालिका-२ बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयका शिक्षक यामबहादुर जिसीलाई विद्यार्थीहरुमाथि दुराचरजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णय, विभिन्न संघ संस्थाको निवेदन र प्रशासनले सत्य तथ्य छानविनका लागि गरेको निर्देशन अनुसार शनिबार पक्राउ गरिएका जिसीलाई थप अनुसन्धानका लागि आइतबार अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए । ‘पीडितबाट जाहेरी आएको छैन । आरोप पुष्टि हुन बाँकी छ । विभिन्न संघ संस्थाले दिएको दवावपछि प्रशासनले सत्यतथ्य छानविनका लागि गरेको निर्देशनको आधारमा पक्राउ गरि अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएका छौँ’ प्रनाउ बुढाले भने । विद्यालय ब्यवस्थापन समितिको २०७५ असोज ३ गतेको बैठकले छात्रा विद्यार्थीहरुलाई असोभनीय ब्यवहार देखाएकाले अभिभावकको माग अनुसार असोज १४ ९आइतबार० सम्म सरुवा अथवा राजीनामामध्ये एक विकल्प रोज्नुपर्ने निर्णय गरेको अध्यक्ष नारायण कार्कीले बताए । ‘अभिभावक, शिक्षक, जनप्रतिनिधि र विद्यार्थीहरुबीच भएको छलफलका क्रममा सरुवा हुन वा राजिनामा दिनुपर्ने विकल्प दिइएको हो’ वडा अध्यक्ष हिराबहादुर थापाले भने, ‘छात्राहरुको शरीरको संवेदनशिल  अंगमा छोएको गुनासो आएकाले भदौ ३१ देखि विभिन्न चरणमा छलफल भएको थियो । जिसीले असोज ११ गते बिहीबार प्रक्रिया पुरा गरेर दिएको राजीनामा स्वीकृत गरिएको जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले बताए । जिसीले भने आरोपको खण्डन गर्दै नियतबस नभएर अञ्जानमा भएको घटनालाई राजनितीक पूर्वाग्रह, विगतको रिसीईबी साध्नका लागि अतिरञ्जित गराएर फसाईएको प्रतिक्रिया दिए । ‘अञ्जानमा भएको कमजोरीलाई योजनाबद्ध हिसाबले विद्यार्थीहरुलाई सिकाएर सुगारटाई हिसाबले बोल्न लगाएर नाटकीय रुपमा घटनालाई अतिरञ्जित गरेर फसाउन खोजीएको छ’ जिसीले भने ‘आन्तरीक कलहका कारण शिक्षकहरु मप्रती पहिलेनै पूर्वाग्रही थिए । दुई वर्षदेखिनै मलाई त्यहाँबाट हटाउन यस्तै नाटक रचिएको थियो ।

२०७५ असोज १४ गते ७:०७ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: