कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु
माटोको ढिस्कोले पुरिएर कञ्चनपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी १० वर्षीया जानकी विष्ट रहेकी छन् स्थानीय अनुपम एजुकेशन एकेडेमी कक्षा ३ मा अध्ययनरत विष्टको मंगलबार साँझ नजिकैको सामुदायिक विद्यालयमा रहेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको विद्यालय सञ्चालक मदन राज जोशीले बताए । विद्यालयबाट घर फर्किएकी बालिका खेल्नका लागि नजिकैको विद्यालयको प्राङ्गणमा गएकी थिईन् । खेल्ने क्रममा उनको माटोको ढिस्कोले च्यापिएर मृत्यु भएको हो ।
२०७५ असोज १७ गते प्रकाशित