A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionh1u2hjh17sssko1lkhmig156ss7ikikm): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

जो विद्यालय जादैनन्

काँधमा झोला बोकेर ‘जय गोरखनाथ’ भन्दै म्याङलुङ बजारका प्रत्येक घर– घर धाउँछन्, फेदाप ओयाक्जुङका १४ वर्षीय भानुभक्त जोगी। ३ कक्षासम्म पढेका भानुभक्त बुवा देवरानारायसँगै फेरी लगाउन बजार र गाउँ घुम्ने गर्छन्। उनी पहिले पनि नियमित विद्यालय जाँदैनथे। ‘विद्यालय गए खानै पुग्दैन’, उनले भने, ‘बुवासँगै फेरी लगाउन गयो भने खान पनि पाइने अनि पैसा पनि कमाइने।’शिक्षा विकास तथा समन्वय इकाइ तेह्रथुमले जिल्लाव्यापी भर्ना अभियान सञ्चालन गरेको थियो। तर, जोगी समुदायका अधिकांश बालबालिका विद्यालयबाहिरै छन्। यहाँका युवा फेरी लगाउन ६ महिना गाउँबाहिरै हुन्छन्। गाउँका मेला, पर्म, घाँस–दाउरासँगै गाउँ विकासको काममा महिला नै खटिने गरेका छन्। विपन्न परिवारका बालबालिका फेरी लगाई आएको दक्षिणा र पैसाले चाडपर्व मनाउने गर्छन्। यो समुदायले फेरी लगाएबापत पाएको अन्न, चामलले गर्जो टार्दै आएका छन्। कक्षा ८ सम्म पढेका गरोका २२ वर्षीय योगेन जोगी पनि बुवा लोकबहादुरसँग फेरी लगाउन भारतको सिक्किम, दार्जिलिङ पुगेर फर्किएका छन्। पढ्नभन्दा फेरी लगाउँदै बजार घुम्न रमाइलो लाग्न थालेको उनले सुनाए। ‘बुवासँग फेरी लगाउन जाँदा मीठो–मसिनो खान पनि पाइने, देश– विदेश पनि घुम्न पाइने’, उनले भने, पढेर जागिर पाइँदैन।’छोराछोरी पढाउनुभन्दा आफूसँग लगे दुई–चार पैसा कमिने अभिभावक बताउँछन्। जोगी गाउँमा सिद्धकाली मा,ि पाथीभरा आधारभूत र जनता आधारभूत विद्यालय पर्छन् तर यहाँका बालबालिका धेरैजसो विद्यालय जाँदैनन्। उनीहरू जिल्लाका विभिन्न ठाउँदेखि लिएर धरान, धनकुटा, इटहरी, विराटनगर, दमक, बिर्तामोडका बजारमा फेरी लगाउन पुग्छन्। जोगी समुदायका बालबालिकालाई कापी, कलमदेखि लिएर खाजाको व्यवस्था मिलाइए पनि उनीहरू विद्यालयमा नियमित नआएको पाथीभराका प्रधानाध्यापक तुलसीप्रसाद दाहालले बताए। २ सयभन्दा बढी घर रहेको जोगी समुदायमा धेरै कम मात्र एसईई उत्तीर्ण रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लीला पोख्रेलको भनाइ छ। स्थानीय तहले उनीहरूलाई विद्यालयमा भर्ना गराउनका लागि विभिन्न अवसर प्रदान गर्नुपर्ने उनको भनाइ छ। यी बालबालिकाका लागि विशेष कार्यक्रम ल्याइने गाउँपालिका अध्यक्ष हरि चोङबाङले बताए। बालबालिकालाई विद्यालय भर्ना गराएबापत भत्ता र दैनिक उपस्थितिका आधारमा पुरस्कारको व्यवस्था गर्न सके उनीहरू नियमित आउने शिक्षकहरू बताउँछन्। तेह्रथुममा फेदाप ओयाक्जुङ र लालीगुराँस सुङ्नाममा जोगी समुदायको बाक्लो बसोबास छ।

२०७५ असोज १७ गते १०:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: