समाचारमा बालबालिका

३ महिनादेखि बेपत्ता बालकको कंकाल भेटियो

३ महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कंकाल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट हराएका बालकको ३ महिनापछि कंकाल भेटिएको हो । मृतक शाही स्थानीय बालज्योति आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत थिए ।

२०७५ असोज १२ गते ९:०२ मा प्रकाशित