अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने
सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका क्षेत्रका अनाथ बालबालिकालाई पढाइ खर्चबापत प्रत्येक महिना १५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए । यो निर्णयबाट गाउँपालिका क्षेत्रमा १२ जनाभन्दा धेरै अनाथ बालबालिका लाभान्वित हुनेछन् । आमाबाबु नभएका बालबालिकालाई पढाइ खर्चबापत सहयोग गर्न लागिएको उपाध्यक्ष विष्णा सिंहले बताइन् । ‘आफन्तको सहारामा बस्दै आएका अनाथ बालबालिकालाई यो निर्णयले उनीहरूको पढाइमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ सिंहले भनिन् ।
२०७५ असोज १६ गते प्रकाशित