A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionou5tf27scidajdq5tqjba8gtpdfj2g13): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गाउँपालिकाको लापरवाहीले ४ हजारबढी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित

गाउँपालिकले चरम लापरबाही गर्दा गोलन्जोर गाउँपालिकाका ४ हजार ६ सय ११ जना विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित भएका छन्।शैक्षिक शत्र २०७४/०७५ मा गोलन्जोर गाउँपालिका भित्रका १ सय १३ वटा विद्यालयका छात्रा, दलित र अपाङ्ग बालबालिकाहरुले प्रोत्साहनस्वरुप पाउने छात्रवृत्ति नपाएका हुन्। गाउँपलिका भित्रका प्रारम्भीक बालविकास केन्द्र, प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयका ४ हजार ६ सय ११ जना विद्यार्थीले पाउनुपर्ने झण्डै २० लाख रुपैयाँ छात्रवृत्ति रकम नपाएको विद्यार्थीले गुनासो गरेका हुन्। सरकारले विद्यार्थीलाई प्रोत्सहानस्वरुप महिला छात्रा र दलितका लागि एक विद्यार्थी बराबर ४ सय रुपैयाँका दरले र अपाङ्ग बालबालिकाका लागि उनीहरुको अपाङ्गको प्रकृति अनुसार १ हजार देखि ५ हजार रुपैयाँसम्म दिँदै आएको थियो। तर, शैक्षिक शत्र २०७४/०७५ का विद्यार्थीले पाउने छात्रवृत्ति शैक्षिक शत्र ०७३/०७४ कै विद्यार्थीलाई वितरण गरेर त्रुटि गरेपछि नपाएको गाउँपालिकाले जनायो। गोलन्जोर गाउँपालिका अन्तरगत शिक्षा शाखाका अधिकृत ठाकुर दाहालका अनुसार हरेक शैक्षिक शत्रको पहिलो महिनाभित्र भर्ना भएका छात्रा, दलित छात्रछात्रा र अपाङ्ग छात्रछात्रालाई छात्रवृत्ति वितरण गर्नुपर्ने भएपनि शैक्षिक शत्र ०७३/०७४ को अन्तिम समयमा छात्रवृत्ति वितरण गर्दा पछिल्लो शैक्षिक शत्रमा भर्ना भएकाहरुले नपाएका हुन्।उनले भने,ु शैक्षिक शत्रको सुरुमा वितरण गर्नुपर्ने छात्रवृत्ति अन्तिममा दिँदा पछिल्लो वर्ष भर्नाहुनेहरुले पाएनन्। ठाकुरका अनुसार ३ हजार २ सय ५५ जना छात्रा, १ हजार २ सय ८१ जना दलित छात्रछात्रा र ७५ जना अपाङ्ग छात्रछात्राले पाउने रकम नपाएका हुन्। ३ हजार २ सय ५५ जना छात्राले पाउने १३ लाख २ हजार, १ हजार २ सय ८१ जना दलित छात्रछात्राले पाउने ५ लाख १२ हजार ४ सय रुपैयाँ र ७५ जना अपाङ्ग छात्रछात्राले पाउने झण्डै साँढे २ लाख रुपैयाँ पैसा गाउँपालिकाको चरम लापरबाहीले नपाएको विद्यार्थीहरुको गुनासो छ। अहिले छात्रवृत्ति दिँदा पनि यो शैक्षिक शत्रमा भर्ना भएकाहरुले पाउँदैनन्। निर्देशीकाले पनि दिन मिल्दैन्। यो वर्षको छात्रवृत्ति आउँदो जेठ सात गतेपछि वितरण गरिन्छ।अघिल्लो वर्षको पनि ०७४ को वैशाख पहिलानै शैक्षिक शत्र ०७३/०७४ मै भर्ना भएकालाई त्रुटिपूर्ण ढंगल वितरण भैसकेछ, दाहालले भने।

२०७६ बैशाख २३ गते १:२५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: