A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कारागारमा हुर्केकी बालिकाले परीक्षामा ल्याइन् ९६ प्रतिशत अंक

गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडेकी बिपिका पुन जिल्ला कारागार आउँदा १४ महिनाको थिइन् । अहिले चार वर्ष पुगेकी उनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले ५ पुष २०७२ मा सर्वश्वसहित जन्मकैदको फैसला गर्‍यो । बिपिका सानी भएकाले कसैले राख्न नमानेपछि शान्ताले आफैसँगै राखिन् । बालिकालाई गत साल रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अभिभावकत्व लिए । उनले बालिकालाई सदरमुकामको महेन्द्र नमुना माविको प्ले ग्रुपमा भर्ना गरे । बिपिकाले अहिले वार्षिक परीक्षामा ९६ प्रतिशत अंक ल्याएर कक्षामा तृतीय भएकी विद्यालयका प्रचार्य केशरबहादुर थापाले जानकारी दिए । 

नतिजाबाट साह्रै खुसी छु स् मेयर

बालिकाको अभिभावकत्व लिएका रेसुङ्गा नगरपालिकाका मेयर भुसालले बालिकाको प्रगती देखेर खुसी लागेको बताए । उनले आमाभन्दा बालिकाको भविष्य र सपना सम्झेर अभिभाकत्व लिएको बताउँदै बालिकाको शैक्षिक भविष्य राम्रो भएकाले सुख(दुःखमा पनि साथ दिने बताए । महेन्द्र नमुना माविका प्रचार्य थापाले उनको सबै खर्च मेयर भुसालले बेहोर्ने बताए । 

आमा मान्दिनन, छोरी जान्दिनन्

बिपिकालाई कारागारका सुरक्षाकर्मी र कर्मचारीले विद्यालय पुर्‍याउँछन् । साँझ शिक्षकहरुले कारागार पुर्‍याउँछन् । उनको कारागार नै घर हो । केही दिनअघि कारागार पुगेका महान्याधिवक्ता अग्नि खरेलले बालिकालाई काठमाडौं लैजान खोज्दा शान्ताले मानिन् । खरेलले आमाले अहिले माया देखाए पनि बालिकाको मन मस्तिष्कमा जेल हुने भएकाले भविष्यमा असर पर्ने बताए । ‘कारागारमा सानी बालिका देखेपछि मैले एसोएसमा लैजान्छु भनेर बालिका मागे आमाले दिनुभएन, त्यो माया हो,’ उनले भने, ‘आमाले मान्दैनन, छोरीले जान्दैनन् तर मायाले बच्चा बिग्रनु भएन्।

२०७६ बैशाख २३ गते ४:१५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: