समाचारमा बालबालिका

बलात्कार अभियोगमा युवक पक्राउ

किशोरीलाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १७ वर्षीय युवतीलाई करणी गरेको अभियोगमा ऐंसेलुखर्क गाउँपालिका–१ राखाबाँदेलका २१ वर्षीय जीवन जोगी पक्राउ परेका हुन् । बुधबार साँझ किशोरीलाई करणी गरेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा जोगीलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले पक्राउ गरेको हो । बिहीबार पक्राउ परेका आरोपितलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । यस्तै, विष सेवनबाट साकेला गाउँपालिका–५ मात्तिम डाँडाटोलकी १७ वर्षीया कविता राईको मृत्यु भएको छ । उनले बुधबार राति विष सेवन गरेको प्रहरीले जनाएको छ । युवतीले विष सेवन गरेर आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरी निरीक्षक कटवालले बताए।

२०७६ बैशाख २० गते ८:३७ मा प्रकाशित