A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षमा बिहे, २४ मा सम्बन्धविच्छेद

नलगाड नगरपालिका–६ सिर्केकी विष्णु सिंह स्थानीय एक विद्यालयमा ९ कक्षामा पढ्दै थिइन्। त्यहीबेला नलगाड–८ का सुनिल सिंहसँग भेट भयो। चिनजान हुँदै जाँदा मायापिरती नै झाँगियो। केही समयको अन्तरालमै दुवैले सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै लगनगाँठो कसे। यो १० वर्षअघिको कुरा हो, जतिबेला विष्णु १४ वर्षकी किशोरी थिइन्। १४ वर्षकै उमेरमा आमाबुवाकोे मन्जुरीबिनै प्रेमविवाह गरेका उनीहरूको दाम्पत्यजीवन केही वर्ष राम्रैसँग अघि बढ्यो। दुई छोरा पनि भए। तर एक दशकभन्दा बढी टिक्न सकेन उनीहरूको सम्बन्ध र प्रेम। सुनिलसँग सम्बन्धविच्छेद गरेर विष्णु अहिले माइतीमै बस्दै आएकी छन्। दुई छोराको लालनपालनको जिम्मा पनि आफैंले लिएकी छन्। ‘केही वर्ष हाम्रो सम्बन्ध राम्रै चलेको थियो तर बिस्तारै दिनहुँ रक्सीले मातेर आएर कुटपिट गर्न थाल्यो’, उनले भनिन्, ‘सम्झाउन धेरै कोसिस गरें तर अर्कीे केटीसँग लहसिएको र बानी नसुधारेकाले मैले डिभोर्स दिने निर्णय गरेकी हुँ।’ केही थाहा नपाउने उमेरमा बिहे गरेकोमा यतिबेला पछुताएकी छन् उनी। ‘बिहेसँगै पढाइ पनि छुट्यो। न हातमा सिप छ। न जवानी नै अब के गरुँ रु ’, उनले पीडा पोखिन्, ‘सानैमा बिहे गरेर ठूलो गल्ती गरेंछु। क्षतिपूर्ति र सम्पत्ति केही नमागेर सुनिलबाट जसरी भए पनि मुक्ति पाउन खोज्दा अझै दुःख पाएको उनको अनुभव छ। ‘छोराहरूले पनि आमा ९म० सँगै बस्ने भनेपछि उनीहरूको लालनपालनको जिम्मेवारी पनि मेरै काँधमा छ। आयस्रोत छैन। छोरा कसरी पढाउने रु कहिलेसम्म माइतीको भर पर्ने ? ’, उनको दुखेसो छ। जिल्ला अदालत जाजरकोटमा यस वर्ष उनीजस्तै सम्बन्धविच्छेदका लागि १ सय ८ जनाले मुद्दा दर्ता गरेका छन्। ८३ महिला र २५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा गर्दा गरेको जिल्ला अदालतको मुद्दा फाँटका नासु सर्पराज खत्रीले बताए। तीमध्ये ५८ को फैसला भैसकेको उनले जानकारी दिए। अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने अधिकांश महिला र पुरुष २०–३० वर्ष उमेर समूहका छन्। सम्बन्धविच्छेदको मुख्य कारण उमेर नभई गरिने विवाह र वैदेशिक रोजगारी रहेको जिल्ला न्यायाधीश देवकुमार गिरीले बताए। वैदेशिक रोजगारी र उमेर नपुग्दै गरिने बिहेका कारण असमझदारी बढेर सम्बन्धविच्छेदको स्थिति आउने गरेको उनको अनुभव छ। तुलनात्मक रूपमा पछिल्लो समय सम्बन्धविच्छेद गर्नेको संख्या बढ्दै गएको न्यायाधीश गिरीको ठम्याई छ।

सम्बन्धविच्छेद गर्ने पुरुषको संख्या बढ्दो

 जाजरकोटमा सम्बन्धविच्छेदका मुद्दा हाल्ने पुरुषको संख्या बढ्दै गएको छ। गत भदौ १ मा नयाँ मुलुकी संहिता लागू भएसँगै पुरुषले पनि सम्बन्धविच्छेद गर्न पाउने भएपछि यस्ता मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढेको हो। चालु आर्थिक वर्षमा २५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत जाजरकोटका नासु सर्पराज खत्रीले बताए। उनका अनुसार भदौ १ देखि फागुन मसान्तसम्म अदालतमा परेका २५ मुद्दामध्ये ९ को फैसला भइसकेको छ। सम्बन्धविच्छेद गर्न आउने पुरुषले पत्नीविरुद्ध अरूसँग शारीरिक सम्बन्ध राखेको, बाहिर डुल्ने गरेको, परिवारको बेवास्ता गरेको, आफूलाई शारीरिक र मानसिक यातना दिएको जस्ता आरोप लगाउने खत्रीले बताए। नयाँ संहिताअनुसार पुरुषले सम्बन्धविच्छेद गर्न पाउने भए पनि एक वर्षसम्म फैसला गर्न नमिल्ने र त्यस अवधिमा दुवै पक्षबीच मेलमिलापको प्रयास गर्नुपर्ने कानुनी व्यवस्था छ। यो प्रावधान महिलाले दर्ता गरेको सम्बन्धविच्छेद मुद्दाका हकमा लागू हुँदैन। परम्परा, गरिबी, अशिक्षा र प्रविधिको गलत उपयोगले सानैमा बिहे गर्ने र बिहे गर्ने उमेरमा सम्बन्धविच्छेद हुन थालेको सामाजिक अभियन्ता प्रकाश चन्दले बताए। स्थानीय सरोकारवाला बालविवाहविरुद्ध सशक्त अभियान गर्न आवश्यक रहेको वताउछन्। स्कुले बालबालिका र २० वर्ष नपुगेका किशोरकिशोरीलाई आर्थिक, सामाजिक र शारीरिक रूपमा परिपक्व भएपछि मात्र बिहे गर्न सल्लाह दिनुपर्ने चन्दको भनाइ छ। अभिभावक, शिक्षक र समाजका अगुवाले अभियानको नेतृत्व गरे बालविवाह अन्त्य गर्न सकिने सरोकारवालाहरू बताउँछन्। तथ्यांकले जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै बिहे गर्ने गरेको देखाउँछन्।

२०७६ बैशाख १० गते १२:१० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: