A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuh6q9m1fauhj8tmo6sgn9lftabojp59a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

कापीकलम किन्न निहुरो बेच्दै

दायाँ हातमा गह्रौं जेब्रा झोला छ । पिठ्युमा बोराको भारी । बेंसीसहरको मनाङे चौताराबाट आफ्नै सुरमा आएका बालक त्रिवेणी टोल आएपछि भारी बिसाउछन् । जेब्रा झोलामा नाम्लो राख्छन् । झोलाभित्र पाइन्ट, पेटी राखिएको हुन्छ । चोयाले बाधेर ल्याएको बोराको मुख खोल्छन् । देखिन्छन्, मुठाका मुठा कालो निहुरो । कालो निहुरो देखेपछि किन्नलाई सहरकाले मन गर्छन् । सानो उमेरमा यस्तो काम गरेको किन नि रु सबैको जिज्ञासा हुन्छ । उनी सहजै उत्तर दिन्छन्, ‘कापीकलम किन्न ।’ कालो निहुरो गाउँका ओसिलो ठाउँमा पाइन्छ । स्वास्थ्यबद्र्धक हुने भएकाले यो सिजन गाउ“घरमा प्रायः निहुरोको तरकारी पकाइन्छ । सहरबजारमा पनि निहुरो आउन थालेको छ ।सहरमा निहुरो ल्याउनेमध्येका एक हुन् १२ वर्षीय अमृत सुनार । बेंसीसहर नगरपालिका ७, नारायणस्थान नजिकै लक्ष्मी बालमन्दिर स्कुलमा उनी पढ्छन् । गाउँमा २ सम्म पढेपछि ३ र ४ कक्षा उनले बालमन्दिरमा पढे । अहिले ५ कक्षामा तेस्रो भएका छन् । ‘अब कापीकलम किन्न पर्‌यो । आमासँग पैसा हुँदैन । त्यसैले गाउँ गएर निहुरो टिपेर ल्याएको हुँ,’ मधुर स्वरमा उनले भने । सोमबार उनले ल्याएका १९ मुठा निहुरो बिक्री भएको छ ।

एउटा मुठाको ५० रुपैयाँका दरले बिक्री हुँदा उनले ९ सय ५० रुपैयाँ कमाएका छन् । यो उनको २ दिनको कामको प्रतिफल हो । अलि अस्ति पनि २२ मुठा ल्याएर बेचेको थिए। अब त पढाइ हुन्छ, गाउँ जान पाइदैन,’ उनले भने, ‘निहुरो बेचेर आएको पैसा आमालाई दिएको छु । मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा घर भएका उनको परिवार बेंसीसहर बस्न थालेको ३र४ वर्ष भयो । उनका अनुसार रोजगारीका लागि जोर्डन गएको भन्ने सुनिएका बुवा हरि सुनारको मुख अहिलेसम्म देख्न पाएका छैनन् । उनका अनुसार आमा विनीता बेंसीसहरको हस्पिटल चोक नजिकै सिलाइकटाइ गर्छिन् । उनको कमाइबाट भाइ विवश विद्याविकासमा १ कक्षामा पढ्छन् । बहिनी सोममाया २ कक्षामा पढ्छिन् । उनका दाइ विकास जनविकास मावि कक्षा १० मा पढ्छन् । बालकल्याण मावि भकुन्डेका प्रधानाध्यापक तीर्थ न्यौपानेका अनुसार बालबालिका बाध्यताले आफ्नै लागि श्रम गर्न बाध्य छन् । बालबालिकामा श्रम नगरी पठनपाठनको व्यवस्था सरकारले गरिदिनुपर्छ । ‘कापीकलम किन्नकै लागि एक्लै जंगलमा गएर निगुरो खोज्नुपर्ने बाध्यता छ । कापीकलमकै लागि दुःख गर्न बाध्य छन् । यसले पछि मानसिक असरसमेत पर्न सक्छ, उनले भने,‘बालबालिकालाई स–साना कुरालाई ध्यानमा राखेनौं भने यसले भोलि ठूलो रूप लिन्छ ।’ उनले बालबालिकालाई कुनै पनि दुःख गर्नुपर्ने बाध्यात्मक स्थिति आउन नदिन सरकारले शिक्षालाई निःशुल्क गरी असहाय, गरिब तथा विपन्न परिवारलाई सहयोग गर्नुपर्ने उनले बताए। 

२०७६ बैशाख १० गते १०:१९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: