समाचारमा बालबालिका

भ्यानबाट खसेर बालकको मृत्यु

पिकअप भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ । अर्का एक बालक सख्त घाइते छन् । निसीखोला ३ को बोहरागाउँमा लु १ च ६७५२ नम्बरको उक्त भ्यानबाट स्थानीय १२ वर्षीय लघु सुनारको मृत्यु भएको प्रहरीले बतायो । घटनामा १२ वर्षकै विष्णु सुनार सख्त घाइते छन्। उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए। तीव्रगतिको उक्त भ्यान स्पिड ब्रेकरमा उफ्रिँदा दुवै बालक खसेका थिए। घाइते भएका दुवैलाई उपचारका लागि बुर्तीबाङ ल्याउने क्रममा लघुको मृत्यु भएको हो। घटनापछि इलाका प्रहरी कार्यालय बुर्तीवाङले भ्यान र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

२०७६ बैशाख २५ गते ७:२३ मा प्रकाशित