A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7i845jt5cmg13s32f680v7hjsaqtqdmq): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालविवाह र दाइजोविरुद्ध प्रहरी

बालविवाह र दाइजो प्रथाविरुद्ध जिल्ला प्रहरीले जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ । प्रहरीले भव्यताका साथ सचेतना मुलक साझेदारी कार्यक्रम गरेको हो । सदरमुकाम गौरस्थित ब्यारेक मैदानमा भएको कार्यक्रममा जिल्लाभरीका स्थानीयतहका प्रमुख, उपप्रमुख उपस्थित थिए । बालबिबाह र दाइजो बिरुद्धको प्रहरीको अभियानमा सबैले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए । पछिल्लो समय आफ्ना छोरा छोरीको लुकाएर, उमेर ढाटेर बिबाह गर्ने चलन बढेको छ । बिस बर्ष उमेर नपुगेकाहरूको पनि अभिभावकले नै ढाँटेर बिबाह गराईदिने गरेको पाईएको छ । तराई मधेशका जिल्लाहरूमा विकराल रुपमा रहेको बालविवाह र दाइजो प्रथालाई लक्षित गर्दै समुदाय प्रहरी कार्यक्रम मार्फत प्रहरीले सडक नाटक, सास्कृतिक कार्यक्रम लगायत प्रस्तुत गर्यो । सचेतना कार्यक्रममा खास गरी स्कूलका छात्राहरूलाई उपस्थित गराइएको थियो । मदरसाका किसोरीहरूको समेत उल्लेख्य उपस्थिति थियो । उनिहरूले बालबिबाह र दाईजो बिरुद्ध आफुहरू पनि खुलेर बिरोध जनाउने बताए । कार्यक्रममा मन्डला थिएटरका कलाकारहरूद्वारा स्थानीय भोजपुरी भाषामा तयार पारिएको ‘भुनीयाकी दुनीया’ सडक नाटकले निकै चर्चा पायो । नाटक मार्फत बालविवाह गर्नु, गराउनु गैर कानुनी कार्य भएको र बालविवाह गर्दा उत्पन्न असर देखाउन खोजिएको थियो । नाटकमा गरिव परिवारकी १२ वर्षीय सुन्दरी भुनीयाको विवाह धनी व्यक्तिका छोरासंग जवर्जस्ती गरी सानै उमेरमा गर्भवती भई बच्चा जन्माउन नसक्दा मृत्यु भएको देखाईएको थियो । निकै मार्मिक नाटक प्रस्तुत गर्दा सवैको आँखा रसाएको थियो । कलाकार प्रेम वर्षा खड्काको लेखन र निर्देशनमा तयार पारिएको नाटकले तराइमा सानो उमेरमा छोरीको विवाह गर्ने प्रचलनले निम्त्याउने परिस्थिति झल्काउन खोजेको थियो । जिल्ला समन्वय समितिका संयोजक रामएकवाल रायले प्रहरीले बालबिबाह र दाइजोविरुद्ध यति ठूलो कार्यक्रम कहिले नगरेको बताए । ‘बुढ्यौली उमेरसम्म आईपुग्दा प्रहरीको सचेतना मुलक यति भब्य कार्यक्रम अहिलेसम्म देखेको थिएन, ‘उनलेभने, ‘कार्यक्रमले जिल्लाभरी निकै प्रभाव पार्छ । दाइजो र बालबिबाहको अन्त्य हुनै पर्छ ।’नेपाल प्रहरी संगीत विद्यालयका कलाकारले कार्यक्रममा रोचक गीत संगीत प्रस्तुती गरेका थिए । नेपालका विभिन्न संस्कृति झल्काउने नृत्यहरू प्रस्तुत गर्दै गीत, नृत्य मार्फत दाइजो तथा बालविवाह गलत हो भन्ने सन्देश दिईएका थियो । जिल्ला प्रहरी प्रमुख एसपि भूपेन्द्र खत्रीले बालविवाह र दाइजो प्रथा न्यूनीकरण गर्न प्रहरी एक्लैले मात्र नसक्ने हुदा सर्वपक्षीय प्रयासमा जोड दिए । ग्रामीण क्षेत्रमा अधिकांस बालविवाह हुने तर त्यसको उजुरी प्रहरी समक्ष नगन्य संख्यामा प्राप्त हुन्छ,’ उनलेभने, अभिभावकहरू नै ढाँटेर आफ्ना छोरा छोरीको बालबिबाह गराउछन् ।’एसपि खक्रीले कार्यत्रम आयोजना गर्नुको मुल उदेश्य स्वयमं किसोरी र अविभावकलाई जागरण गराउनु तथा समाजका अगुवाहरूले समेत यस्ता विषयमा गम्भीरता साथ मनन गरी बालविवाह रोक्न भूमिका प्रदान गर्न सकुन् भन्ने हो । कार्यक्रम अघि आधारभूत विद्यालय बाल मन्दिरको प्राङगणमा नेपाल प्रहरी अस्पताल, गौर अस्पताल र चन्द्रनिगाहपुर अस्पतालका चिकित्सकले निशुल्क स्वास्थ्य शिविर संचालन गरेका थिए । शिविरमा झण्डै ५ सय सर्वसाधारणले स्वास्थ्य परीक्षण गराए । उनिहरूले निशुल्क औषधी लिए । कार्यक्रम अघि नेपाल प्रहरी श्रीमती संघ तथा कार्यक्रम सचिव बविता पाल लगायत पदाधिकारीले पुलिस स्कूल गरुडाका कक्षा ८,९ र १० का छात्राहरूसंग अन्तरकृया र सेनेटरी प्याड वितरण गरेका थिए।

२०७६ बैशाख ३१ गते १०:४८ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: