समाचारमा बालबालिका

बालविवाह रोक्दै गौमुल

गौमुल–६ की १५ वर्षीया ललिता रोकाया र ५ का १७ वर्षीय कृष्ण रोकाया तीन दिन पहिले घरबाट भागेर हिँडे। दुवैले विवाह गर्न चाहेको परिवारले थाहा पाए। उनीहरुलाई प्रहरीले पक्राउ गर्‍यो। यो एक उदाहरण मात्रै हो। उमेर नपुग्दै जिल्लामा बिहे गर्ने चलन बढ्दो छ। यहाँको गौमुल गाउँपालिकाले यो क्रम रोक्न अभियान नै चलाएको छ। आईतबार दुवैलाई परिवारको जिम्मा लगाइएको गाँउपालिका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए। धेरै बालविवाह हुन थाल्योे’, उनले भने, ‘ अभिभावकलाई सहभागी गराएर रोक्ने अभियान नै चलाएका छौं।’६ महिनामा चारवटा बालबिवाह रोकिएको छ। कम उमेरमा विवाह हुन नदिन प्रहरीलेसमेत निगरानी बढाएको छ। अध्ययनले ८ देखि १० कक्षामा अध्ययन गर्ने बालबालिका बढी रहेको देखाएको छ। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद ११ विवाह सम्बन्धी कसूर अन्तर्गत दफा १ सय ७३ मा विवाह गर्ने व्यक्तिको उमेर २० बर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने कानुनी व्यवस्था रहेको छ। कानुनमा सो विवाह स्वतः बदर हुने उल्लेख छ। यस्तै ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने प्रावधान छ।

२०७६ जेठ १३ गते ११:४६ मा प्रकाशित