A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१ किलो गाँजासहित बालक पक्राउ

विराटनगर महानगरपालिका–४ बरगाछीबाट लागुऔषध गाँजासहित सोमबार दिउँसो एक बालक पक्राउ परेका छन् । धनकुटाको शहीदभूमि गाउँपालिकास्थित खोकु घर भएका १५ वर्षीय विमान राई पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। राईका साथबाट १ किलो गाँजा बरामद भएको जानकारी उनले दिए । प्रहरीका अनुसार एउटा मोटरसाइकलको पछाडि बसेर धरानबाट विराटनगर आएका उनी बरगाछीमा ओर्लिएका थिए। मोटरसाइकलबाट ओर्लिएर शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर बोकेको झोला र उनको शरीर खानतलासी गरेको थियो । त्यस क्रममा राईले बोकेको झोलाभित्र १ किलो गाँजा बरामद भएको एसपी केसीको भनाइ छ । उनी चढेर आएको मोटरसाइकलको पनि खोजी सुरु गरिएको प्रहरीको भनाइ छ। राई पक्राउ परेसँगै धनकुटामा अवैध रुपमा उत्पादन गरिने गाँजा ओसारपसारमा बालबालिकाको प्रयोग गर्न थालिएको प्रहरीको भनाइ छ । प्रहरीले वास्ता नगर्ने भएकाले पनि बालबालिका प्रयोग गरेर गाँजा ओसारपसार गर्दै गन्तव्यसम्म पुर्‍याउन थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनले बालकबाट बरामद भएको गाँजा कहाँ लगिएको थियो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको बताए । बालकमाथि सुरु गरिएको अनुसन्धानले गाँजाको ओसारपसार र कारोवारका बारेमा केही नयाँ कुराहरु खुल्दै गएको छ,’ डीएसपी श्रेष्ठले भने, उनीसँग ‘कनेक्सन’ देखिएकाहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएर कारवाही अघि बढाइने छ।

२०७६ बैशाख ३० गते ६:३९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: