समाचारमा बालबालिका

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोप ३२ वर्षीय पुरुष पक्राउ

सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घरभई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बुको सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमि–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । त्यसैगरी रामेछाप उमाकुण्ड गाउँपालिका–१ घरभई हाल चाँगुनारायण नगरपालिका–२ स्यालडाँडामा बस्दै आएकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गर्दै आएको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर  नगरपालिका–२ सल्लाघारी बस्ने १८  वर्षीय आशिष चौधरीलाई पक्राउ गरेको छ । यही वैशाख २७ गते बालिका बलात्कार गरेको पीडित पक्षले उजुरी दिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।

२०७६ बैशाख ३१ गते प्रकाशित