७१ वर्षीय वृद्ध पुर्पक्षको लागि कारागार चलान
जबरजस्तीकरणीको आरोपमा पक्राउ परेको ७१ वर्षीय वृद्ध पुर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । ०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले विरुवा गाउँपालिकाका एक वृद्धलाई पक्राउ गरेको थियो । ०७५ को पुष महिनासम्म निरन्तर करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपश्चात उक्त वृद्धमाथि जिल्ला अदालतमा जवरजस्ती करणी मुद्दामा दर्ता गरिएको जिल्ला प्रहरी प्रवत्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए । भण्डारीका अनुसार उनलाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो।
२०७६ बैशाख ३० गते १०:५१ मा प्रकाशित