A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session6mta1p4hk1o8c8vtv43e0f325egisn1c): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दीपायलमा बालविवाह बढ्दो : एउटै वडामा १६३ जना कलिलो उमेरमै बने आमा

२४ वर्षीया मन्नी कोली दिपायल सिलगढी नगरपालिका-७, उडीतोलामा बस्छिन् । उमेरले उनी २४ मात्रै भएपनि उनका तीन सन्तान छन् । जेठी छोरीको उमेर पाँच नाघेको छ । कलिलै उमेरमा बिहे भएकी उनी हेर्दा उमेर छिप्पिएकी जस्ती लाग्छिन् । ‘हामी आठ भाइ-बहिनी थियौं, परिवारको आर्थिक अवस्था कमजोर थियो,’ मन्नीले भनिन्, ‘महिनावारी भएपछि छोरीको विवाहको तयारी भइहाल्छ, आमा-बुवाको विपद् देखेपछि बिहे गर्नुपर्ने छोरी मान्छेको नैतिकता नै भइहाल्छ । मुक्त हलिया परिवारकी मुन्नी हाल मुक्त हलिया पुनःस्थापना कार्यक्रम अन्तरगत पाएको बजेटले सानो घर बनाएर बसेकी छिन् । मुन्नीका श्रीमान् परिवार पाल्नका लागि मुग्लान पसेका छन् । रूपा कोलीको अवस्था पनि उस्तै हो । झट्ट हेर्दा पाको उमेरकी देखिने उनी गएको चैतमा मात्र २० वर्षकी भइन् । खस्रो गाला र दुब्लो ज्यानकी उनी दिपायल सिलगढी नगरपालिका-७ उडीतोलास्थित घरमा बस्छिन् । आँगन बढार्दै गरेकी रुपाको छेउमै दुई वर्षको छोरा खेलिरहेका थिए । आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भएपनि त्यसलाई सहेर जीवनयापन गर्नु उनी आफ्नो कर्तव्य सम्झन्छिन् । कलिलै उमेरमा दुई सन्तानकी आमा भएकी रूपालाई बालविवाहले हाँस्ने, खेल्ने उमेर सकिएको पत्तै मिलेको छैन । आमा-बुवाले सानैमा बिहे गरिदिए, बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन भनेर’ छोरासँगै छोरीलाई काखीमा च्यापेर उनले भनिन्, ‘हाम्रातिर मेरो मात्र होइन, सबैको यही उमेरमा बिहे हुने भएकाले कुनै अनौठो लाग्दैन ।

तीन वर्षमा १६३ बालविवाह

मन्नी र रुपा जस्तै नगरका बिभिन्न क्षेत्रमा बालबिवाह गर्नेको संख्या धेरै छ । दिपायल सिलगढी नगरपालिका-८ मा गरिएको एक सर्वेक्षण अनुसार बिगत तीन वर्षको अवधिमा एक सय ६३ जनाको बालविवाह भएको छ । सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका-८ कानुन प्रतिनिधिहरूले गरेको सर्वेक्षणबाट यस्तो तथ्यांक आएको वडाध्यक्ष रामबहादुर खड्काले बताउँछन् । उनका अनुसार बालविवाह घट्नुको साटो बढ्दै गएको छ । सर्वेक्षण अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ मा ६९ जनाको बालविवाह भएको छ । बालविवाह हुनेमध्ये एक सय ३३ जना बालिका र २७ जना बालक रहेका छन् । ‘विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन्’ सर्वेक्षणमा सहयोग गरिरहेको संस्था सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक भन्छन्,बालविवाह बढ्नुमा पारिवारिक परिस्थिति, सामाजिक सन्जाल तथा सूचना प्रविधिहरूको दुरुपयोग मुख्य रहेको सर्वेक्षणमा देखिएको छ । वडाध्यक्ष खड्काले चार वर्षभित्र बालविवाहलाई निरुत्साहित हुने गरी प्रभावकारी योजना ल्याउने बताए । यस्तो बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, बिभिन्न रोगहरूको संक्रमण हुने, शरीर कमजोर हुने गरेका छन् ।

बालविवाहले धेरै सन्तान

नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा नम्बर ९ मा सय जना जति बालबालिकामा गरेको अर्को एक सर्वेक्षणमा २० प्रतिशत अभिभावकहरूका सात सन्तान रहेको भेटिएको वताए । उनले ५० प्रतिशत दम्पत्तीको चारदेखि ६ जना र ३० प्रतिशतको तीन जनासम्म सन्तान रहेको तथ्यांक फेला  परेको जानकारी दिए । बालविवाह गर्ने दम्पत्तीका बढी सन्तान जन्मिने गरेको उनको निष्कर्ष छ ।

२०७६ जेठ ७ गते ७:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: