A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

च्याउ खाँदा बालकको मृत्यु

च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो । सुलबहादुर र उनकी पत्नि सरिताले शुक्रबार गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र बेलुकी पकाएर खाएका थिए। च्याउ खाएका सबै शुक्रबार राति बिरामी परेपछि गाउँलेले उनीहरुलाई उपचारका लागि पोखरा पुर्‍याएका थिए। सुलबहादुर र सरिता साथै गम्भीर भएका उनीहरुका छोरा १२ बर्षीय मनतोष र छिमेकीका छोरा साजनलाई फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले ४ जनालाई काठमाडौं रिफर गरेपछि सोमबार काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना भएका थिए। उपचारमा खटिएका डाक्टरले साजनको उपचार सम्भव नभएपछि गाउँ फर्काएकोमा मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए। साजन गिलुङस्थित बुद्धोदय मावि कक्षा ५ मा पढ्थे। मनतोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताए। मन्तोष कक्षा ७ मा पढ्छन्। सुलबहादुर र सरिताको अवस्था भने सामान्य अवस्थामा रहेको बुझिएको गुरुङले बताए। उपचारमा संलग्न डाक्टरले च्याउ विषालु परेका कारण उनीहरु बिरामी भएको गाउँलेले बताएका छन्। घटनाबारे प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादव ढकालले बताए।

२०७६ जेठ १ गते ७:०३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: