A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionlkpn2varrjvrlo6djnr3i3s8s5bq2vmo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा एटिएमबाट प्याड

गाउँपालिका प्रमुखले एटिएम जस्तै कार्ड मेसिनमा राखेपछि सेनेटरी प्याड फुत्त निस्क्यो । विद्यालयका सबै छात्राहरूले ताली बजाएर खुसी व्यक्त गरे । मर्यादित छुई वर्ष (छाउपडी) विरुद्ध अभियान सञ्चालन गरिरहेको डडेलधुराको भागेश्वर गाउँपालिकाले सबै विद्यालयमा एटिएम शौचालय निर्माण गर्ने अभियान सुरु गरेको हो । उक्त अभियानअन्तर्गत पहिलो पटक गाउँपालिका कार्यालयसँगै रहेको सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि प्याडसहितको एटिएम मेसिन बुधवार एक समारोहका बीच सुरु गरिएको छ । ‘छात्राहरूलाई चाहिने सेनेटरी प्याडसहितको एटिएम शौचालय सुरु गर्ने यो पहिलो विद्यालय भएको छ’ उद्घाटन गर्दै गाउँपालिका प्रमुख कौशिला कुमारी भट्टले भनिन् ‘अन्धविश्वासका कारण महिनावारी भएको समयमा बिद्यालय नआउने छात्राहरूका लागि यो अभियान सुरु गरिएको हो । महिनावारी भएका बेला अधिकांश किशोरीहरू लोकलाज र अन्धविश्वासका कारण विद्यालय आउन अप्ठेरो मान्ने गरेको प्रमुख भट्ट बताउँछिन् । विगत सम्झँदै उनले भनिन् ‘मैले पनि यसै विद्यालयमा अध्ययन गरेकी हुँ । महिनावारीका बेला भोग्नुपर्ने कठिनाइ थाहा छ ।

बुटवलको एउटा क्याम्पसमा एटिएम शौचालयको समाचार पढेर आफूले पनि गाउँपालिकाअन्तर्गतका सबै माध्यमिक विद्यालयमा यो व्यवस्था गर्ने जमर्को गरेको गाउँपालिका प्रमुख भट्टले बताइन् । उनले भनिन् ‘महिनावारी हुनु कुनै पापको कारण होइन, यो प्राकृतिको देन हो । महिनावारी हुनुमा पाप र धर्मको कुनै सम्वन्ध छैन। एटिएम शौचालयको ब्यवस्थाले कुप्रथाका रुपमा रहेको छाउपडी समस्याप्रति जनचेतनामा बृद्धि हुने विश्वास पनि उनले गरिन् । ग्रामिण जलश्रोत ब्यवस्थापन परियोजना र गाउँपालिकाको संयुक्त लगानीमा उक्त अभियान सुरु गरिएको परियोजनाका सामाजिक तथा विकास बिज्ञ चन्द्र ठगुन्नाले बताए । उनले भने ‘एटिएमसहितको सेनेटरी प्याड शौचालय प्रदेश मै पहिलो हो । अरु प्रदेशमा यो अभ्यास पहिलेदेखि नै चलिरहेको छ । सुदूरपश्चिम प्रदेशमा भने विद्यालयको शौचालयमा सुरु गरिएको ठगुन्नाले बताए । यही अभियान डोटी र बाजुरामा पनि सुरु गर्न थालिएको पनि उनले वताए । यस अभियानले महिनावारी हुँदा छात्राहरूमा देखिने समस्या र सामाजिक कुरिती विरुद्ध समाजमा जनचेतना बृद्धि हुने विश्वास पनि ठगुन्नाले गरे । उनले महिनावारी भएकै कारण अधिकांश छात्राहरू बर्षमा ४८ दिन बिद्यालयमा अनुपस्थित हुने अवस्था रहेको बताए । भागेश्वर गाउँपालिकामा मात्र नभई प्रदेशका सबै पहाडी विद्यालयमा समान समस्या रहेको बताए । महिनावारी हुने सबै छात्राहरूलाई शौचालय एटिएम कार्डसमेत वितरण गरिएको छ । सेनेटरी प्याड निकाल्न एटिएममा लाग्ने शुल्क ३ बर्षसम्म गाउँपालिकाले ब्यहोर्ने प्रमुख भट्टले बताइन् । एटिएम कार्ड वितरण गर्दै उनले भनिन्, ‘स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रममा आएको रकम बचाएर छात्राहरूको एटिएम रिचार्ज गर्ने ब्यवस्था गाउँपालिकाले गर्नेछ ।

विद्यालयले पनि प्याडका लागि न्यूनतम शुल्क राख्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर चन्दले बताए । ‘प्रति प्याड २ रुपैंयासम्म शुल्क निर्धारण गरिने छ’ उनले भने यो अभियानले महिला सम्बन्धि सामाजमा प्रचलित विभिन्न कुरितीको अन्त्य गर्न ठूलो सहयोग पुग्नेछ । अहिलेलाई यसअघि निर्माण भएका शौचालयमै एटिएम मेशिन प्रयोग गरिने भएपनि केहिपछि आधुनिक शौचालय निर्माण गरिने उनले बताए । आधुनिक शौचालय निर्माणका लागि गाउँपालिकाले ५ लाख र ग्रामिण जलश्रोत परियोजनाले ५ लाख रकम छुट्याएको छ ।बिद्यालयका अध्यक्ष चन्दले भने ‘निर्माण समिति गठन भइसकेकाले तत्काल शौचालय निर्माण हुनेछ । बिद्यालयहरूले प्याड खरिद गर्न महंगो हुने भएका कारण प्याड बनाउने तालिमसमेत आयोजना गर्ने गाउँपालिकाले योजना बनाएको छ । हरेक माध्यामिक विद्यालयका २ जना शिक्षिकालाई सेनेटरी प्याड बनाउनका लागि प्रशिक्षण दिन ३ लाख ५० हजार गाउँपालिकाले विनियोजन गरेको छ’ प्रमुख भट्टले भनिन् २ महिनाको प्रशिक्षणपछि छात्राहरूले प्रयोग गर्ने प्याड गाउँपालिकामा उत्पादन हुनेछ।

२०७६ जेठ २ गते ११:४५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: