A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फुटबल खेल्न गएका किशोर दुई दिनदेखि बेपत्ता

सिन्धुलीको कमलामाई नगरपालिका- १० (साविक कनपा १७) गौरनटोल भिमानका १७ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता छन्। शनिबार बिहान ६ बजे घरनजिकै फुटबल खेल्न भनी घरबाट निस्केका सनिस देवकोटा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा सोविता देवकोटाकाले जानकारी दिइन्।  बिहान फुटबल खेल्न जान्छु भन्दै निस्केको थियो। तर, अहिले २० घण्टा बढी भइसक्यो सबै आफन्त र साथीभाइकोमा खोजिसक्यौं, कतै फेला परेको छैन्,उनले भनिन्। घर नजिकैको मावि धामीडुमरीयामा कक्षा ७ मा अध्ययनरत देवकोटा एकाएक वेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । छोरो घर नफर्केको २० घण्टा बढी भएको भन्दै छोराको खोजिमा सघाइ दिन भन्दै आमा सोविताले प्रहरी र संचारकर्मी गुहारेकी छिन्। सधैं घरमा नै बस्ने गथ्र्यो। स्कुल छुट्टीभाको दिन एकछिन साथीसँग खेलेर आउँछु भनेको थियो तर, घर फर्केर आएको छैन, उनले भनिन्। सनिस साथीसँग पनि शनिवार सम्पर्कमा नआएको उनका साथीहरुले बताएको आमा सोविताले जानकारी दिइन्।

२०७६ जेठ ५ गते २:३० मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: