समाचारमा बालबालिका

पोखरीमा डुबेर दुई बालकको मृत्यु

गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोरा अकाशको पानीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा दुवै बालक गहिरो ठाउँमा पुगेर डुबेका हुन्। पानीमा डुबेर अचेत अवस्थामा भेटिएका ती बालकको जनकपुर अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७६ साउन ८ गते प्रकाशित