A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग

महोत्तरीकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्। दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्। ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन्। प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।

कसरी पुगेको थियो बालिका दिल्ली?

बालिकाकी आमा स्थानीय सीतारामको घरमा मजदुरी गर्थिन्। आमा र सीतारामसँग अनैतिक सम्बन्ध रहँदै आएको बालिकाले बताइन्। गत जेठमा रोपाइँका दिन सीतारामले छोरीसँग पनि सम्बन्ध राख्ने प्रस्ताव गरेको बताइएको छ। बालिकाकी ठूली आमाका अनुसार पैसाको प्रलोभन दिएर सीतारामले जेठ २७ गते आमाछोरीलाई नै रोजगारीका लागि जनकपुर जाने भन्दै लगेका थिए। त्यसपछि जयनगर हुँदै दिल्ली जान हिँडेको उनले बताइन्। भारतको दरभंगा पुग्दा रेलवे स्टेसनमा ‘कसैले को हो र कहाँ जान लागेको भनेर सोधे बुबा हो, दिल्लीमा सँगै बस्छौं भनेर जवाफ दिन अह्राएको पीडित बालिकाले बताइन्। आफूले प्रतिकार गर्न खोज्दा आमाले गाली गर्दै मारिदिने धम्की दिएको उनको भनाइ छ। ‘ज्यान जाने डरले बाटामा उनीहरूले सिकाएजस्तै जवाफ दिँदै दिल्ली पुगियो,’ उनले भनिन्, ‘दिल्लीमा घरबेटीले सोध्दा पनि आमाले सिकाएजस्तै भनदिएँ।’ बालिकाकाअनुसार दिल्लीमा तीनैजना एउटै कोठामा बस्थे। सीतारामले प्रत्येक दिन जबर्जस्ती गर्दा आमाले बालिकालाई संरक्षण दिनुको सट्टा उल्टै ती पुरुषलाई सघाएको भन्दै पीडित बालिकाले गुनासो गरिन्। बालिकालाई घरबाट बाहिर निस्कनसमेत दिइँदैनथ्यो। शौचालय पनि आमासँगै जानुपथ्र्यो।

कसरी नेपाल आइन् बालिका ?
घरबाट जनकपुरमा रोजगारी गर्न जान लागेको भनेर बालिकाकी आमाले आफ्नी ठूली दिदीलाई भनेकी थिइन्। ‘जनकपुरमा होटलको सरसफाइ गर्ने काम सीतारामले लगाइदिन्छ भनेकी थिई,’ उनले भनिन्, ‘घरबाट हिँडेको एक साता भइसक्दो पनि फोन आएन। शंका लागेर खोजी गर्न थालेकी हुँ।’ सुरुमा आफन्त सबैसँग सोधखोज गर्दा कुनै खबर नपाएको उनले बताइन्। उनका अनुसार दिल्लीमा कपाल काट्ने काम गरिरहेको गाउँकै एकजनाले बहिनी र छोरी दिल्लीमा रहेको खबर पठाएका हुन्। त्यसको केही दिनपछि बालिका र उनकी आमाले भिडियो कल गरेकी थिइन्। त्यसैको भोलिपल्ट बालिकाले आमा र सीताराम नभएको मौका पारी फोन सम्पर्क गरी घटनाबारे जानकारी गराएको जनाइएको छ। ‘सो जानकारी पाएलगत्तै आमाछोरीलाई नेपाल ल्याइदिन सीतारामका बुवा रामअशिष महतो र उनकै आफन्त पर्ने स्थानीय नेता रामजतन महतोलाई गुहार गर्न थालें,’ बालिकाकी ठूलीआमाले भनिन्, ‘कसैलाई नभन्ने र उजुरी नगर्ने सर्तमा उनीहरूलाई नेपाल ल्याइदिने कुरा भयो।’ सो सर्त स्वीकार गरेकाले असार १७ गते बालिका आफ्नी आमासँग घर आइपुगेका हुन्।

घटनाबारे के हुँदैछ ?
पीडित बालिकाका अनुसार सीताराम, स्थानीय नेता रामजतन र आमा आइपुगेको भोलिपल्टैदेखि फरार छन्। उजुरीको सुइँको पाएलगत्तै उनीहरु कसैको सम्पर्कमा छैनन्। पीडित बालिकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार २२ गते उजुरी दिएकी थिइन्। तर उनलाई न्याय पाउने आस छैन। ‘आमा नै पापी भएपछि कसले न्याय दिन्छ,’ उनले दुखेसो पोख्दै भनिन्, ‘आमाले मसँग छोरी गएकी छैन भन्ने गरेको सुनेकी छु। अब मैले कुन आधारमा न्याय पाऊँ रु आमा फेरि त्यही मान्छेसँग भागेको भन्ने सुनेकी छु।’पीडित बालिकाको मेडिकल उपचार भइसकेको छ। मेडिकल रिपोर्टमा बालिकामाथि बलात्कार भएको पुष्टि चिकित्सकले गरिसकेका छन्। तर बलात्कारमा संलग्न भने पक्राउ परेका छैनन्। आफ्नो परिवार असाध्यै गरिब रहेको र त्यसमाथि मानसिक सन्तुलन गुमेपछि बुवा एक वर्षदेखि घर नआएको उनले सुनाइन्। ‘बालिकालाई अझै मेडिकल समस्या छ,’ उनकी ठूलो आमाले भनिन्, ‘औषधि किन्ने पैसा छैन। न्याय पाउने आधार देखिन्न। अब कसरी हाम्रो परिवार त्यहाँ सुरक्षित हुन्छ भन्ने कुरा पनि छ।’ महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले बालिकाको मेडिकल चेकजाँच भइसकेको बताए। उजुरीका आधारमा खोजी कार्य भइरहेको भन्दै प्रारम्भिक अनुसन्धानबाट मुख्य आरोपित बालिकाको आमा लिएर पुनः भारत फरार भएको बताए। किटानी दुईजनाविरुद्ध आए पनि मुख्य मान्छे नै फरार भएपछि बालिकाले न्याय पाउन ढिलो भएको उनले स्वीकार गरे।

२०७६ साउन ६ गते ७:०२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: