समाचारमा बालबालिका

वेपत्ता बालिकाको शव गाडेको अवस्थामा भेटियो

गत असार १७ गतेदेखि हराइरहेकी ८ वर्षीया बालिका कलावती सार्कीको शव दशरथचन्द नगरपालिका–४ को डोबरा भन्ने स्थानमा फेला परेको छ । उनी १७ गते आफू अध्ययनरत ईश्वर आधारभूत विद्यालयको गेट नजिकैबाट बेपत्ता भएकी थिइन् । २१ दिन अघि वेपत्ता दोगडाकेदार गाउँपालिका–३ घर भई दशरथचन्द नगरपालिका–४ मा मजदुरी गर्ने बुवा खड्क सार्कीसँग बस्दै आएकी ८ वर्षीय बालिका कलावतीको शव गए राति फेला परेको हो । बुधबार स्थानीय महिलाले चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढुंगाले थिचेको खाल्डोमा गाडेको अवस्थामा शव बरामद गरेको हो । शवसँगै झोला र किताबकापी पनि भेटिएका प्रहरीले बताएको छ । उनी हराएको सूचना प्राप्त भएसँगै प्रहरीले खोजी गरेपनि भेटाउन सकेको थिएन । आर्थिक अवस्था कमजोर भएका बुवा खड्कको एकै स्थानमा धेरै दिन नबस्ने गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका निमीत्त प्रमुख प्रहरी निरीक्षक दीपक पातलीले बताए । घट्ना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७६ साउन ९ गते १:४१ मा प्रकाशित