A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

वडाध्यक्षको कुटाइबाट बालक घाइते, उल्टै मागे पाँच हजार

दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेका छन्। आफ्नो घर अगाडिको फूल टिपेको भन्दै वडाध्यक्ष सार्कीले घोराही उपमहानगरपालिका–४ गोग्ली शान्तिनगरका नौ वर्षीय बालक भरत घर्तीमाथि कुटपिट गरेका हुन्।हिजो बेलुका वडाध्यक्षको घर अगाडि खेलिरहेका केही बालबालिकामध्ये बालक घर्तीले फूल टिपेको आरोपमा अध्यक्ष सार्कीले कुटपिट गरी घाइते बनाएको बालकका आमा रैमता घर्तीले बताइन्। कुटपिटबाट बायाँ कान र पेटमा चोट लागेको बालकले बताएका छन्।उनको बायाँ गालामा निलडामसमेत देखिएको छ। बालक घर्तीको घोराही नयाँबजारस्थित नयाँबजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टरमा भर्ना गरेर उपचार गरिएको छ।बालकको कानमा केही फोहोरसमेत जम्मा भएका कारण जालीको अवस्था के छ भन्नेबारेमा एक सातापछि फोहोर निकालेरमात्रै भन्न सकिने डाक्टर विक्रम बुढाथोकीले बताए।बालकको कानको अवस्था गम्भीर नभए पनि जालीमा समस्या छरछैन भन्नेबारेमा एक सातापछि मात्रै थाहा हुने उनको भनाइ छ।रातभर कान दुखेर बालक छट्पटाएपछि बिहान अस्पताल लिएर आएको आमा रैमता घर्तीले बताइन्।वडाध्यक्षले उपचार खर्च दिनुको साटो फूल टिपेको पाँच हजार मागेकोसमेत घर्तीले बताइन् तर बालकले फूल नै नटिपेको बताए। उता वडाध्यक्ष सार्कीले बदमासी गरेका कारण सम्झाउँदै सामान्य एक थप्पड टाउकामा हानेको स्वीकार गरेका छन्। उनले उपचारका लागि खर्च दिनेसमेत बताए।

२०७६ साउन २ गते १२:५३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: