A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

रोकिएन बालविवाह

जिल्लाका जनप्रतिनिधिलाई बालविवाह रोक्न चुनौती बनेको छ । पूर्वाधार निर्माणमा केन्द्रित उनीहरूलाई कम उमेरमा हुने बिहे रोक्न धौधौ भएको हो । कलिलैमा बिहे गरी आमा बन्न थालेपछि महिलाको स्वास्थ्यमा असर देखिएको छ । त्यसैले यहाँका अधिकांश गाउँ र नगरपालिका यस्ता विवाह रोक्ने योजना बनाइरहेका छन् । यसबारे लगातार सचेतना विस्तार गर्दा पनि सफलता पाउन सकिएको छैन,’त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले भने, ‘हरेस खाएका छैनौं ।’ यसअघि जनप्रतिनिधिले सार्वजनिक स्थानमा मदिरा र सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउन नियम लागू गरेका थिए । अहिले बालविवाह र बालश्रम रोक्न त्यस्तै निर्णय गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । ‘यस विषयप्रति गम्भीर हुनुपर्ने ठानेकी छु,’ त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष सावित्राकुमारी बुढाले भनिन् । अध्यक्ष वलीका अनुसार घरघरमा शिक्षित जनशक्ति भए पनि बालविवाह रोक्न गम्भीरता देखिएको छैन । ‘लुकेर बाल विवाह गर्ने र कम उमेरमा बच्चा जन्माउने बढेका छन्,’ उनले भने, ‘रोक्न सकिएको छैन ।’ स्वास्थ्य चौकीमा गर्भ जचाउन आउनेमध्ये २० वर्षमुनिका धेरै भेटिएपछि जनप्रतिनिधि गम्भीर बनेका हुन् । गर्भ जाँच गराउन आएकामध्ये कम उमेरका धेरै भएकाले चेतना नपुगेको नेर्पास्थित स्वास्थ्य चौकीकी अनमि मोतीकला केसीले बताइन् । उनका अनुसार पहिलोपटक गर्भ जचाउन आउनेको उमेर २० वर्षमुनि पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार त्रिवेणीमा मात्रै २० वर्षमुनिका गर्भवतीको संख्या झन्डै ५० प्रतिशत रहेको पाइएको छ । शिक्षित, सचेत र सुगम मानिएको त्रिवेणीमा पनि बाल विवाह, बाल गर्भवती र बालश्रमको समस्या उत्तिकै देखिएको जिल्ला अस्पतालका सिनियर अहेब कुलबहादुर डाँगीले बताए ।जिल्लाभर बाल विवाह र कम उमेरमा गर्भवती हुने धेरै छन् । सुनील स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर यसबारे स्थानीय तहबाट चेतना र सहयोग बढाउनुपर्ने आवश्यकता भएको स्वीकार गर्छन् । शिक्षा, स्वास्थ्य र पारिवारिक व्यवस्थापनसम्बन्धी जानकारी तीव्र रूपमा गाउँमा फैलाउनु आवश्यक छ,’ उनले भने, ‘अब हामीले त्यसतर्फ ध्यान दिनुपर्छ । सदरमुकाम लिबाङ रहेको रोल्पा नगरपालिकाभित्र समेत यसबारे थुप्रै चुनौती छन् । बाल विवाह न्यूनीकरण गर्न कार्यक्रम ल्याएका छौं,’ नगर प्रमुख पूर्ण केसीले भने, ‘बाल विवाह रोक्न सके कम उमेरमा गर्भवती हुने चलन स्वतस् हट्नेछ ।पूर्वोत्तर रोल्पास्थित सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले आफ्नो गाउँ निकै दुर्गम र कम विकसित क्षेत्रमा परेकाले स–साना योजनामै सीमित हुनुपरेको बताए। मानवीय विकासप्रति चाहेर पनि ध्यान दिन सकिएको छैन,उनले भने, ‘पञ्चायतकालदेखि नै पछि पारिएको क्षेत्रको प्रतिनिधित्व गरेकाले स्थानीयका थुप्रै समस्या छन् । कहाँबाट काम थाल्ने भन्ने अलमलमै छु।

२०७६ असोज २ गते १०:३४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: