A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालबालिकाका व्यथा देउडामा

छोरीले जन्मनु होईन कठै मेरा खप्तड किल्ला जन्मै लाग्यो खोट कठै मेरा डोटी जिल्ला कन्ने बस्नु बनायो हो कठै मेरा डोटी जिल्लाछाउपडीका गोठ कठै मेरा खप्तड किल्ला सुनालेक मावि कक्षा १० कि हरिना खडायत माथिका गीत गाउदै दाई देव बहादुर खडायतलाई आइतबार गाउघरका बालिकाहरूले व्यहोरीरहेका पीडा पोख्न लागिन् । गुन्यु चोलीमा सजिएकी हरिना दौरा सुरूवाल लगाएका देव बहादुर खडायतसंँग बाल दिवसका दिन आफूले देखे भोगेका व्यथाहरू देउडा गीतमार्फत प्रस्तुत गरे । नगरस्तरिय बाल सञ्जालले दिपायल सिलगढी नगरपालिकाको लडागडामा पहिलोपटक बाल दिवसको आयोजना गरेको थियो । जिल्लामा सबैभन्दा बढी बालबिबाह रहेको लडागडामा हरिनाले बालिकाहरूका तर्फबाट आफुहरूले भोग्दै आएका विभिन्न समस्या र पीडाहरू देउडा मार्फत सुनाएकी थिईन् । आफ्ना पीर व्यथा बुझ्न सक्ने साथी सरहका दाजु देव बहादुर देउडा खेल्न आएपछि उनले बालबिबाह, छोरीलाई गरिदै आएको दुर्व्यवहारबारे मार्मिक गीत गाएकि थिईन् । देव बहादुर र उनको समुहले भने बालअधिकारका लागि सबैले एकजुट भई जिल्लाको नाम राख्नु पर्ने जवाफ दिएका थिए । उनीहरूले देउडामार्फत बालबालिकालाई पढाईबाट बञ्चित गर्ने, कुटपीट गर्ने, स्याहार सुसारमा ध्यान नदिने, छोरीलाई अपहेलना गर्ने र बालबिबाहका लागि दबाब दिने जस्ता समस्याहरू प्रदर्शन गरेका थिए । देउडामार्फत प्रदर्शन गरिएको सन्देशले गाउँको यथार्थ बोलेको स्थानिय ८७ बर्षिय ज्येष्ठ नागरिक उदयसिंह कुन्जेडाले बताए । उनले समेत गीत मार्फत छात्राहरूलाई बिद्यालय पठाउन गाउँबासीलाई सुझाव दिए । बिद्यालयमा सहयोग गर्न जनप्रतिनिधिहरूलाई आव्हान गरे । लडागडामा अधिकांस अभिभावकहरू रोजगारीका लागि भारत जाने गरेका छन । गाउँभरी बालिकाहरूलाइ घरधन्दाका लागि चाँडै बिहे गर्नुपर्ने र पढाइ छाड्नु पर्ने जस्ता समस्या रहेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बालबिबाह गर्नु गराउनु कानुनी रुपमा कसुर भएकोले कसैले कानुन उल्लंघन गरेमा जेल जानुपर्ने अवस्थाबारे सबै एकजुट हुनुपर्ने बताए ।

बालविवाह रोक्न स्थानीय रणनीति
जिल्लामा सबैभन्दा बढी बालबिबाह रहेको वडालाई तीन वर्षभित्र शून्यमा झार्न दिपायल सिलगढी नगरपालिकाले तयार गरेको स्थानीय रणनीति आईतबार सार्वजनिक गरेको छ । बालबिबाहको संख्या घट्नुको साटो बढ्दै गएको पाइएपछि नगरपालिकाले स्थानिय रणनीती नै तयार पारेर न्युनिकरणमा जुटेको नगर प्रमुखमंञ्जु मलासीले बताइन्। राष्ट्रिय बाल दिवसको अवसर पारेर साझेदार संस्थाहरू सामुदायिक बिकास केन्द्र र गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा रणनीति सार्वजनिक गरिएको हो । दिपायल सिलगढी नगरपालिकाको ८ मा गरिएको एक सर्भेक्षणमा ३ बर्षको अवधिमा १ सय ६३ जनाले बालबिबाह गरेको पत्ता लागेको थियो । लडागडा स्थित सुनालेक माबिका प्रधानाध्यापक पदमराज पाठकले बालबिबाह जस्तोसामाजिक अपराध अन्त्य गर्न छात्राहरूलाई उचित शिक्षा दिएर पारिवारिक वातावरण बनाउनु पर्ने सुझाव दिए । कार्यक्रममा बालबिबाह रोकथामका लागि स्थानिय रणनिती सार्वजनिक गर्दै नगर प्रमुख मंञ्जु मलासीले रणनीतिको कार्यान्वयनका लागि सहयोग गर्न अनुरोध गरेकी छन् ।

२०७६ भदौ ३१ गते ९:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: