A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session689ou5ohor0q9d2rdehqapni7v37nolv): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा

रोल्पाको सुनिल स्मृति गाउँपालिका–२ खुङग्रीका सबै विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालयको पहुँचमा आएका छन्। जिल्लाकोे शैक्षिक अवस्था खस्किएको गुनासो आइरहेकाबेला वडाभित्र रहेका सबै एक हजार ६ सय ३०  बालबालिका विद्यालयमा भर्ना भएका हुन्। उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्नायुक्त वडा समेत घोषणा गरिएको छ। १२ वटा टोल रहेको खुङग्रीमा ९ सय २६ घरधुरी रहेका छन् भने ५ हजार ४ सय ६० जनससंख्या रहेको छ। ति मध्ये विद्यालय जाने उमेर ९४ देखि १२ वर्षका० बालबालिका पूर्णरुपमा भर्ना भएका छन्। वडा भित्र ९ वटा सामुदायिक विद्यालय, एक संस्थागत विद्यालय, ८ बालविकास केन्द्र छन्। औपचारिक रुपमा आयोजना गरिएको घोषणा कार्यक्रममा बोल्दै वडाध्यक्ष नेत्रबहादुर गिरीले सबै बालबालिका विद्यालयमा आएको भएता पनि विद्यालयमै टिकाई राख्न अबको चुनौति रहेको बताए। सुनिलस्मृती गाउँपालिका वडा न। २ भित्र ९ वटा सामुदायिक विद्यालय, एक सस्थागत विद्यालय र ८ बालविकास केन्द्र छन्। कार्यक्रममा उपस्थित सबैले तपसिल बमोजिम प्रतिद्धता जनाएका थिए। अब गाउँशिक्षा समिति र वडा शिक्षा समितिले प्रत्येक वर्ष विद्यालय बाहिर रहेका बालबालिकाहरुको तथ्याङ्क संकलन गरी अध्यावधिक गर्नेछ। विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँच सुनिश्चित गर्न कोष निर्माण गरी कार्यान्वयन गर्नेछ। अनिवार्य आधारभूत शिक्षा सुनिश्चत गर्नका लागि प्रत्येक वर्ष अनिवार्य आधारभूत शिक्षा कार्यान्वयन वार्षिकोत्सव मनाउनेछ। निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि गाउँशिक्षा समिति तथा वडा शिक्षा समितिले कोष निर्माण गरी नियमित रुपमा पहल गर्नेछ। अपाङ्ग, छात्रा, दलित तथा सीमान्तकृत बालबालिकाहरुको लागि विद्यालयमा स्वागत योग्य, बालमैत्री र विभेदरहित वातावरण निर्माण गर्नेछ भने बढी उमेर भएका बालबालिकालाई विद्यालयमा भर्ना गराउन वैकल्पिक शिक्षा तथा उपचारात्मक शिक्षा प्रदान गरी अनिवार्य शिक्षा कार्यान्वयन गर्ने लगायतका बुदामा प्रतिबद्धता गरिएको हो। जनप्रतिनिधि, अभिभाबक, पत्रकार, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विध्यालय व्यवस्थापन समिति, विद्यार्थी लगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा कार्यक्रम गरिएको थियो। वडा कार्यालयको आयोजना र सेभ द चिल्ड्रेनको समन्वयमा भएको औपचारीक कार्यक्रम सुरु हुनुअघि ¥यालीले विभिन्न जनचेतना मूलक नारा लगाउदै खुङ्ग्री बजार परिक्रमा गरेको थियो।अहिले सम्म रोल्पाका ६ वडालाई पुर्ण भर्ना वडा घोषणा गरिएको छ। खुंग्री सहित सखि, होमा, कोर्चाबाङ, खुमेल, लिवाङ पुर्ण भर्ना भएका हुन।

वडाध्यक्षको तलब शिक्षामा
वडाध्यक्ष नेत्र बहादुर गिरीले आफ्नो कार्यकालको सबै तलब सामाजिक क्षेत्रमा खर्चने घोषणा गरेका छन। ‘हामी तलब खानलाई कर्मचारी होइनौ। जनताको सेवा गर्न राजनीति गर्ने अनि कर्मचारीले जस्तो महिना मरेपछि तलब थाप्ने असहज लाग्यो त्यसैले तलबको सबै रकम शिक्षामा लगाउने छु।’ गिरीले भने ‘सबैसंग सल्लाह गरेर कहाँ र कसरी व्यवस्थापन गर्ने छलफल गर्दैछु।

२०७६ असोज २ गते ९:५२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: