A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session86vqibpr892g45hdungka25c8sduf9o0): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

मनमैंजुमा बसभित्रै ११ वर्षीया बालिका बलात्कार गर्ने सहचालक पक्राउ

दुई बालिकामाथि यौनदुर्व्यवहार गरेको आरोपमा बसका एक सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका ३ का ३६ वर्षीय एल्जित राई रहेका छन् । बा ४ ख ८२ नम्बरको बसमा सहचालकको काम गर्दै आएका राईलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । राईलाई बसभित्र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्नुका साथै १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी अर्की १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगि छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको प्रहरीको भनाइ छ ।यता, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बालिकालाई ललाई–फकाई सोही ठाउँस्थितसामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको सुनारमाथि आरोप छ । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०७६ भदौ ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: