A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8eeglnht2d6ar8uq0sf40ng49i5fmnb3): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बेवारिस शिशुले पायो अभिभावक

जाजरकोट अस्पतालमा उपचार गराइरहेको बेवारिसे शिशुले मंगलबार अभिभावक पाएको छ ।शिशुलाई पालनपोषणका लागि भेरी नगरपालिका ४, गैरीखालीका कृष्ण भट्टराईको परिवारलाई हस्तान्तरण गरीएको हो । शिशु ९ दिनअघि वेवारिसे अवस्थामा भेरी नगरपालिका १३, डाँडीमारे सामुदायिक वनमा फेला परेको थियो । भेरी नगरपालिका उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले शिशुको पालनपोषण र संरक्षणका लागि भट्टराई दम्पतीलाई जिम्मा दिने निर्णय गरेको थियो । शिशुलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र उपप्रमुख भण्डारीले मंगलवार हस्तान्तरण गरेका हुन् । शिशुलाई गत भदौ २२ गतेदेखि जाजरकोट अस्पतालले संरक्षण गर्दै आएको थियो । प्रहरीले जंगलमा फेला परेको शिशु अस्पतालमा बुझाएको थियो । धर्मपुत्र बनाउन भन्दै भट्टराईले निवेदन पेश गरेपछि बेवारिसे शिशु हस्तान्तरण गरिएको उपप्रमुख भण्डारीले बताइन् । बालबालिकासम्बन्धी ऐन–२०७५ को दफा ६० ले विवाह गरेको १० वर्षको समयसम्म बच्चा नजन्मिएको, विवाह दर्ता गरेको, आर्थिक अबस्था मजबुत भएकोलाई धर्मपुत्र बनाउन सिफारिस गर्नुपर्ने व्यबस्था गरेको छ ।घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त शिशुलाई धर्मपुत्रका रूपमा प्राप्त गर्न भेरी नगरपालिका ४, का शम्भु बर र कृष्ण भट्टराईले नगरपालिकामा निवेदन दिएका थिए।

२०७६ असोज २ गते १०:४२ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: