A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भारतमा बेचिएका बालकको ५ महिनापछि उद्दार

भारतमा बेचिएका दाङका एक बालकको उद्धार गरिएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीका १४ वर्षीय विशाल चौधरीको भारतको सिमलाबाट उद्धार गरिएको हो । उद्दार गरिएका विशाललाई मंगलबार परिवारलाई बुझाइएको छ । कञ्चनपुरका पत्रकार जुद्ध चौधरी, दिपेन्द्र बस्नेत र अधिकारकर्मी प्रतिक विष्ट ९अमर०को अगुवाइमा उनको उद्दार भएको थियो । उनको वास्तविक कथा सञ्चार माध्यममा सार्वजनिक गरे पनि उनी दुईजना र अधिकारकर्मी प्रतिक विष्टले विशालको भारतमै पुगेर उद्धार गरेका हुन् । पाँच महिना भारतमा बेचिएका चौधरीलाई मंगलबार तुलसीपुर उपमहानगरपालिका, प्रहरी प्रशासनको रोहवरमा परिवारलाई जिम्मा लगाइएको छ । दाङ पर्सेनीका काजु चौधरीले विशाललाई गत चैत महिनामा २ महिनाका लागि भारत काम गर्न जाउ भनेर ललाई फकाइ सिमला पुर्यााएका थिए । सिमला पुर्याइए वापत उनलाई काम लगाउने साहुले अग्रिम पैसा समेत दिएको र पाँच महिनासम्म काम गर्दा पनि एक रुपैया नपाएको विशालले बताए । बुवाको मुत्यु भएको र आमा अर्कैसँग गएपछि बेसारा बनेका बेला दलालले उनलाई फकाएर भारत लगेर काममा बेचेका हुन् । उनलाई भारतीय कारमा राखेर दाङबाट नै भारतको सिम्ला पुर्याउएको विशाल चौधरीले बताए । त्यहाँ गएर २ दिन महिना काम गरेपछि मात्रै आफू बेचिएको थाहा पाएको र अर्को साथीलाई त्यो कुरा भनेको उनले बताए । त्यहाँ उनी घरेलु कामदेखि स्याउ टिप्ने र बोक्ने काम गर्ने गरेको बताउँछन्। दाङमा ७ वर्षमा १३ बालबालिका बेचिएको तथ्यांक छ । १३ वटा बेचविखनका मुद्दा जिल्ला अदालतमा नै दर्ता भएका छन्।

२०७६ भदौ ३१ गते ९:२९ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: