बसभित्र यौन दुर्व्यहार गरेको आरोपमा चालक र सहचालक पक्राउ
एक किशोरीलाई बसभित्र यौन दुर्व्यवहार गर्ने चालक र सहचालकलाई प्रहरीले मोरङको रंगेली ९ दोमनामा पक्राउ गरेको छ । धनकुटा घर भइ झापा, दमकस्थित आफन्तकोमा बस्दै आएकी १५ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा चालक किरण खड्का र सहचालक सन्तोष न्यौपानेलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । फकाएर बसमा चढाएर ना ६ ख ९३४४ नम्बर बसका कर्मचारी उनीहरुले दुर्व्यवहार गर्ने क्रममा किशोरीले चिच्याएर गुहार मागेकी थिइन् । स्थानीय बासिन्दाले सुनेपछि प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दोमनाबाट गएको टोलीले दुबैलाई पक्राउ गरेको जनाएको छ ।
२०७६ भदौ २६ गते १०:०५ मा प्रकाशित