A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqjrdc46vsqro4nt0dchn292c0ijhcnuo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१४ वर्षीया बालिकालाई होटलबाट उद्धार, तीन जनाविरुद्ध मानव बेचबिखन मुद्दा

१४ वर्षीया बालिकालाई होटलमा काम लगाइदिने बहानामा जबरजस्ती यौनधन्दा गर्न लगाएको सूचनाका आधारमा इटहरीबाट आइतबार साँझ प्रहरीले उद्धार गरेको छ । इटहरी वडा नं. ६ मा सञ्चालित दियालो होटलबाट बालिकालाई उद्धार गरिएको हो । प्रहरीले जाँचको क्रममा होटलको कोठा नं. १०१ बाट उद्धार गरेको हो । उद्धार गरिएका बालिकालाई धनकुटा लेगुवा पुलडाँडा घर भएकी आरती केसी भन्ने पवित्रा थापाले परिवारको अनुमतिबिनै काम लगाइदिने बहानामा यौनधन्दा गर्न लगाएको प्रहरीको अनुुसन्धानबाट खुलेको छ ।  बालिकालाई इटहरी वडा नं.२ का २२ वर्षीय हरि भन्ने लक्ष्मण राउत र भोजपुर घोरेटार वडा नं. १ घर भई इटहरी वडा नं. ५ मा बस्दै आएका २२ वर्षीय प्रदीप कोइरालासँग जबरजस्ती यौन क्रियाकलाप गर्न लगाइएको प्रहरीले जनायो । प्रहरीले लक्ष्मण र प्रदीपलाई तत्काल पक्राउ ग¥यो । प्रहरीले पवित्रा थापालाई पनि पक्राउ गरेको छ । तीनै जनालाई मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ । अज्ञानता र आर्थिक प्रलोभन देखाएर बालिका र युवतीलाई ग्राहकसँग बसाएर यौनधन्दा गरेको आरोप इटहरी तथा आसपासबाट शृंखलाबद्ध रुपमा पक्राउ पर्ने क्रम बढ्दो छ । पूर्व–पश्चिम तथा कोसी राजमार्ग आसपासका सुनसरीका विभिन्न स्थानमा सञ्चालित केही होटल सञ्चालकले बालिका र युवती राखेर यौनधन्दा गर्ने गर्छन् । जिल्लाका विभिन्न स्थानभन्दा सबैभन्दा बढी इटहरी क्षेत्रमा सञ्चालित होटल सञ्चालकलाई मानब बेचबिखन मुद्दा चलाइएको छ । २०७५ साउनदेखि २०७६ असारमसान्तसम्म परेका कुल १३ वटा मुद्दामध्ये अहिलेसम्म पाँच वटा पछ्र्यौट भएका छन् । इटहरीबाट सबैभन्दा बढी मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता हुन सात वर्षअघिदेखि सुरु भएको थियो । सात वर्षअघिसम्म इटहरीमा खुलेका बग्रेल्ती क्याबिन–रेष्टुरेन्टसँगै केही होटलमा महिलालाई राखेर यौनधन्दा सञ्चालन गरिन्थ्यो । त्यतिबेला इटहरी तथा वरपरका केही होटलमा फस्टाएको यौन व्यापारविरुद्ध प्रहरीले अप्रेसन थालेर  सात जना सञ्चालकलाई मानव बेचबिखन तथा ओसारपसारमा मुद्दा चलाएको थियो । एकैसाथ सात जना होटल सञ्चालकलाई मुद्दा चलाए पनि केही महिनासम्म यौनधन्दाका घटना नगण्य हुने गर्थे । तर, एकपछि अर्को उपाय होटल सञ्चालकले अपनाएर यौनधन्दा गर्न थाले । जसमा सुरुआतमा सञ्चालकले श्रीमती बनाउने बहानामा यौनकार्य गर्न लगाउने गरेको पनि भेटियो । त्यस्तो गर्नेलाई पनि प्रहरीले कारबाही ग¥यो ।अर्को उपायका क्रममा भारत दार्जिलिङका युवतीको समूह र यौनधन्दामै संलग्न महिलाले चिनेजानेका किशोरी तथा महिलालाई केही निश्चित दिनका लागि झिकाएको पनि प्रहरीले सुइँको पायो । तिनीहरुलाई पनि प्रहरीले पत्ता लगाएर मुद्दा नै चलायो ।पछिल्लो समय इटहरी तथा आसपासमा क्षेत्रमा यौनधन्दा न्यून हुने भएको प्रहरीले जनाउँदै आएको छ । तर, पनि बेला–बेलामा घटना दोहोरिने गरेको छ । प्रहरीले कडाइ गर्न छाडे पुनः यौनधन्दा मौलाउने हुँदा जाँच भने रोकेको छैन।

२०७६ भदौ ३१ गते १:२७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: