A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session09mimg3c4f6b2inkl6kn82jvs4qrov8j): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भोजपुरमा बालिका बलात्कार गर्ने युवकलाई ९ वर्ष कैद

जिल्ला अदालत भोजपुरले १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई ९ वर्ष कैद को फैसला गरेको छ । जिल्ला न्यायाधीश हरिचन्द्र इङनामको एकल इजालसले षडानन्द नगरपालिका वडा नम्बर–१ नेपालेडाँडाका २८ वर्षीय युवक दिनेश देवकोटालाई ९ वर्ष कैद सहित ५० हजार क्षतिपूर्ति दिनु पर्ने फैसला गरेको हो । पीडित बालिकालाई ती युवकले आफ्नो पसलमा सामान किन्न आएको बेला ०७४ वैशाख २१ गतेदेखि पटक– पटक बलात्कार गर्ने गरेको पीडित बालिकाको परिवारले दिएको उजुरीमा उल्लेख छ । पटक– पटक बलात्कृत हुँदै आएकी बालिकाले गएको २०७४ साल माघ १५ गते आफ्नी दिदीलाई सुनाएपछि परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । आरोपित दिनेशलाई मुलुकी ऐनको जबरजस्ती करणी महलको ३ ९२० अनुसार ६ वर्ष तथा हाडनाता करणीको २ ९२० अनुसार थप ३ वर्ष गरी ९ वर्ष कैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।

२०७५ जेठ ३ गते ८:५७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: