समाचारमा बालबालिका

बालिका बलात्कृत

सिद्ध कुमाख गाउँपालिका–३, कालालेखमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय कविराज बुढाथोकीलाई पक्राउ गरेको छ ।घर नजिकै खेल्दै गरेकी बालिकालाई फकाएर बुढाथोकीले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलात्कृत बालिका पीडककी बहिनी नाता पर्ने प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले बताए। बलात्कारपछि कसैलाई नभन्नु भन्दै बालिकालाई विभिन्न लालच देखाएको पाइएको प्रहरीले जनाएको छ।

 २०७५ जेठ ४ गते १०:२३ मा प्रकाशित