A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session572cb3co34obh7acsgppn2m8785iih64): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद फैसला गरेको यो सम्भवतः पहिलो घटना भएको बताइन्छ । बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ । बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ।

चौरसियाले गत २०७३ भदौ १० गते राति मौलापुर नगरपालिकाको मर्यादपुरस्थित आफ्नै घरमा सुतिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरी लालबकैया नदी किनारमा लगेर बलात्कारपछि हत्या गरेका थिए । उनले हातखुट्टा भाँची बालिकालाई नदीमा फालेका थिए। चौरसिया पेशेवर बलात्कारी र हत्यारा भएको पुष्टि भएको अदालतले जनाएको छ । चौरसियाविरुद्ध अपहरण, बलात्कार र हत्याका अन्य मुद्दा पनि अदालतमा विचराधीन रहेको अदालत स्रोतले जानकारी दिएको छ । २०७३ असार २७ गते पनि मर्यादपुर गाविस–१, लालबकैया नदी किनारमा ७ वर्षीया एक बालिकाको शव फेला परेको थियो । ती बालिकालाई पनि चौरसियाले नै बलात्कारपछि हत्या गरेको मुद्दा परेको छ। यसअघि २०७१ पुस २३ गते १७ वटा चोरीका साइकलसहित पक्राउ परेका चौरसियालाई जिल्ला अदालत रौतहटले डेढ वर्ष कैद सजाय गरेको थियो । गौर कारागारमा डेढ वर्ष सजाय भुक्तान गरी २०७३ जेठमा रिहा भएका चौरसिया रिहा भएलगत्तै बालिका अपहरण, शरीर बन्धक, बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न भएका थिए । गम्भीर प्रकृतिका अपराध गरेका कारण चौरसियालाई कानुनबमोजिम कारबाही गरिएको रौतहट जिल्ला अदालतका न्यायाधीश प्रकाश श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी गराए ।

 २०७५ जेठ ६ गते ६: ४६ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: