समाचारमा बालबालिका

बलात्कार अभियोगमा एक युवा पक्राउ

१५ वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर प्रहरीले एक युवालाई पक्राउ गरेको छ । फिदीम नगरपालिका–४, का २२ वर्षका मनोज लिम्बूलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । लिम्बूले ती बालिकालाई गएको वैशाख ३० गते बलात्कार गरेको पीडित बालिकाको आफन्तले प्रहरीमा जाहेरी दिएपछि लिम्बूलाई पक्राउ गरिएको पाँचथर प्रहरिले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि थप उपचार भइरहेको प्रहरी नायब उपरीक्षक वामदेब गौतमले बताउनुभयो । 

२०७५ जेठ ५ गते ३:४० मा प्रकाशित